सितल चौतारा निर्माण गरी सशस्त्र प्रहरीले मनाए २५ औं स्थापना दिवस ।

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट।माघ ३। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा सितल चौतारा स्थापना गरी सशस्त्र प्रहरी बल ११ नंबर गणले २५ अौं स्थापना दिवस मनाएको सिमा सुरक्षा बलका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सागर बिष्टले बताएका छन्। राजदेवी नगरपालिका वडा नंबर ९ ब्रहम्पुरी टोलमा रहेका शनिदेव मन्दिर परिसरमा रहेको पिपलको रुख मुनी quick impact project अन्तरगत सितल चौतारा निर्माण गरि २५ अौं स्थापना दिवस मनाएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्टले बताएका छन्।उक्त चौतारा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव बिशिस्ट अतिथि सशस्त्र प्रहरी बल ११ नंबर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारी सिमा सुरक्षा बलका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम सागर बिष्ट सहित स्थानीयहरुको उपस्थितिमा उद्घाटन गरी सशस्त्र प्रहरी बलले २५ अौं स्थापना दिवस मनाएका छन्।

उक्त कार्यक्रममा नगर प्रमुख यादवले भने सशस्त्र प्रहरी बलले नागरिकको जिउ धनको सुरक्षा ,बाढिपहिरोमा पिडितको उद्दार देखि सीमामा हुने बिभिन्न अपराधिक गतिविधि नियन्त्रण गर्दै आईरहेकोमा राजदेवी नगरबासी लगायत हामी सबै खुशी छौं, आजको यस कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल,नेपाल नं.११ गण हे.क्वा.रौतहटले “२५औँ स्थापना दिवसको उपलक्ष्यमा Quick Impact Peoject (QIP)अन्तर्गत शितल चौतारी स्थापना गरि यस स्थानमा स्थानिय बासिन्दाहरुलाई बिश्राम गर्ने एक स्थलको रुपमा चौतारी स्थापना गरेकोले र यसबाट हामी र हाम्रो समाजले लाभ उठाउने र संरक्षण समेत गर्नुपर्ने बताउनु भयो।

बिशिष्ट अतिथिको रुपमा रहनु भएको सशस्त्र प्रहरी बल,नेपाल रौतहटका गणपति राम हरि अधिकारी द्बारा यो कार्यक्रम सशस्त्र प्रहरी बल,नेपालको “२५औँ स्थापना दिवसको अवसरमा Quick Impact Project (QIP) अन्तर्गत शितल चौतारी स्थापना गर्ने कार्यक्रम रहेको बताउनु भयो यस कार्यक्रममा पाल्नुहुने सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिदै आजको यस चौतारीबाट सबै बासिन्दाहरुले लाभ लिन र सबैमा सामाजिक सद्बभाव कायम रहोस र सशस्त्र प्रहरी बलले हरेक क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्दै आईरहेको र पिलरको रुपमा खडा भई देश र नागरिकको सुरक्षाको लागि अहोरात्र खटिएको कुरा भन्दै सबैमा “२५औँ स्थापना दिवसको अवसरमा सबैलाई सुभकामना व्यक्त गर्नु भयो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय