रोटरीद्वारा महिला समूहलाई फलफुलका बिरुवा

पछिल्लाे समाचार

हेटौंडा–रोटरी क्लब अफ हेटौंडाले जिल्लाका गरिब, विपन्न परिवारका महिला समूहहरुलाई फलफुलका बिरुवाहरु बितरण गरेकोे छ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा मन्त्रालयसँगको सहकार्यमा फलफुलका बिरुवाहरु वितरण गर्नुका साथै वृक्षरोपणको कार्यसमेत सुरुवात गरिएको हो । फलफुलका बिरुवा बितरण तथा वृक्षरोपण कार्यक्रमका लागि बागमती प्रदेश उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले रोटरी क्लबलाई ४ लाख रुपियाँ बराबरका बिरुवा प्रदान गरेको रोेटरी क्लब अफ हेटौंडा अध्यक्ष रामप्रसाद शर्माले बताए ।
उनका अनुसार एभोकाडो, कागती, लिच्ची र आँपका बिरुवाहरु बितरण गरिएको छ । समूहमा आवद्ध महिलालाई ६–७ वटाका दरले निःशुल्करुपमा बिरुवा बितरण गरिएको हो । रोटरी क्लब अफ हेटौंडाले विपन्न परिवारको आयआर्जनमा सहयोग पुर्याउने उद्धेश्यले बिनाधितो, बिनाव्याज ऋण लगानी गर्दै आएका महिलालाई व्यावसायिकरुपमा फलफुल खेती गर्दा आर्थिक टेवा होेस् भन्ने उद्धेश्यले बिरुवा बितरण थालेको हो ।
उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयकी प्राविधिक सामना न्यौपानेको प्रत्यक्ष रेखदेख र निश्चित मापदण्डमा बिरुवाहरु रोपिएको छ । सोमबार हेटौंडा–१५, गौरीटार, हेटौंडा–१६, हटिया र हेटौंडा–१४, उत्तरपानीमा ५ सय वटा बिरुवा बितरण गरिएको छ । आइतबार रोेटरी क्लब अफ हेटौंडाले मनहरी गाउँपालिका–३, हाँडीखोलाका महिला समूहलाई ५ सय वटा बिरुवा बितरण गर्नुका साथै वृक्षरोपणको सुरुवात गरेको थियो । दुई दिनमा १ हजार वटा बिरुवा बितरण र रोप्ने कार्य गरिएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय