नेपाली कांग्रेसको सिद्धान्त र वर्तमान अवस्था

नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा रहेको छ । प्रजातान्त्रिक व्यवस्थालाई आत्मासाथ गरेको नेपालकै पुरानो पार्टीमा हुन लागेको नयां नेतृत्व चयनको महाधिवेशनलाई सबै पक्षबाट विशेष चासोको रुपमा हेरिएको छ । जिल्लादेखि प्रदेश हुंदै केन्द्रसम्म नयां नेतृत्वका लागि दौडधूप चलेको छ ।

क्रियाशील सदस्य आफ्नो बढी पार्ने खेलमा कांग्रेस नेतृत्वको हानथाप भइरहेका छन् । क्रियाशील सदस्य इमान्दारितापूर्वक पार्टीको नीति र सिद्धान्तमा हिंड्नेले पाउनु पर्दछ । तर, अहिले आफ्नो समूहमा धेरै क्रियाशील सदस्य बनाउने होडमा नीति सिद्धान्तलाई पाखा लगाइएको छ । कसरी पदमा पुग्न सकिन्छ भन्ने होडले पार्टीका सिद्वान्त र आदर्श एकादेशका कथा बन्दै गइरहेका छन् ।

पार्टीमा योगदान पु¥याएका भन्दा आफ्नो वरिपरी रहेकाहरुलाई सदस्यता बांढिएको छ । जसले जिल्लादेखि केन्द्रसम्म विवाद भइरहेका छन् । कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा क्रियाशील सदस्यमाथि प्रश्न उठ्ने अवस्था आउनु दुःखद् पक्ष हो । क्रियाशील सदस्य पार्टीको कुन तहका नेता, कार्यकर्ताले पाउंछन् भन्ने कुरा विधान मै उल्लेख छ । तर, पनि यसमा प्रश्न चिन्ह खडा हुनु पार्टीमा कुन सिद्धान्त र विचार हावी भइरहेको छ भन्ने प्रष्ट रुपमा अनुमान गर्न सकिन्छ ।

विश्वलाई बर्षौदेखि प्रजातान्त्रिक विचार धारा र यसको मान्यताका बारेमा अविचलितरुपमा सन्देश दिइरहेको कांग्रेस अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा महाधिवेशनसंगै बहस र छलफल हुनु आवश्यक छ । नेपाली कांग्रेस संस्थापक नेता वीपी कोइरालाको सिद्धान्तमा चलेको छ कि छैन ? केन्द्रदेखि गाउं कमिटीसम्म कांग्रेस कुन अवस्थामा छ ? किन कांग्रेसले आफ्नो नीति र सिद्धान्तबाट विचलित भएर अन्य पार्टीको पछि लाग्नु परिरहेको छ ? अब पनि निर्मम समिक्षा भएन भने महाधिवेशन कसैलाई नेता बनाउन गरिएको एउटा खेलमा मात्र सीमित हुनेछ । तर, पार्टीको नीति, सिद्धान्तमा प्रतिबद्ध आम नेपाली काँंग्रेसका नेता तथा कार्यकर्ता अहिलेको घडिमा एकजुट हुनु आवश्यक छ ।

जसले पार्टीको नीति र सिद्धान्तलाई अंगिकार गरेर मात्र काम गर्न हरेक तहका नेतृत्वलाई खबरदारी गर्नु पर्दछ । पछिल्लो समय पार्टी चिनजान, चाकडी र पैसाले चल्न थालेको छ । नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई नेतृत्वकै कमजोरी र बेवास्ताका कारण यी तीन चिजले पछाडि पार्दै लगेको छ । जुन कसैले भन्नु पर्दैन सबै तह र तप्कामा रहेर सबैले महशुस गरिरहेका छन् ।

पार्टीमा इमान्दार संगठक, सिद्धान्त र नीतिलाई स्थापित गर्न जीवनभर मेहनत गरेकाहरुलाई पाखा लगाएर जय जयकार गाउनेहरुको झुण्डमा नेतृत्व विलिन हुन थालेको सबैले अनुभूति गरेको विषय हो । जिल्लादेखि केन्द्रसम्म पार्टीमा सघर्ष गरेका, कठिन अवस्थामा पार्टीलाई कांध थापेका, पार्टीको जग बलियो बनाउन पसिना बगाएका र जनमत जोड्ने काममा दिनरात खेटेकाहरुलाई कांग्रेसले जिल्लादेखि नै पाखा लगाउंदै गएको छ ।

जसले गर्दा कांग्रेसको नीति र सिद्धान्तभन्दा चिनजान, चाकडी, पावर र पैसाले नेतृत्वलाई आकर्षण गरिरहेको छ । तर, यो क्षणिक हो भनेर बुझ्न कोशिस कसैले गरेका छैनन् । कालान्तरमा यसले कांग्रेसलाई नै क्षति पु¥याउनेमा दुई मत छैन् । त्यसैले नेतृत्वले पाखा लगाए पनि, अवसर नदिए पनि, असहयोग गरे पनि उनीहरु पार्टी र सिद्वान्तप्रति संधै बफादार र चिन्तित छन् । आज आएर नीति सिद्धान्तमा हिंड्नेहरु थोरै र शक्ति र पैसाका पछाडि दौड्नेहरु धेरै हुंदै गए । नीति, सिद्धान्त अल्पमतमा पर्दै जानु भनेको पार्टी कमजोर हुंदै जानु हो । अहिलेको नेतृत्वले सिद्धान्तलाई देखाउने दांत मात्र भएको छ । जसले पार्टीलाई भित्रभित्रै खोक्रो बनाउंदै लगेको छ । बाहिरबाट हेर्दा सग्लो र उस्तै देखिएता पनि भित्रभित्र खोक्रो भएको कांग्रेसलाई अबको महाधिवेशनले सिद्धान्तको बाटोमा हिंडाएर फेरि यसको ओजलाई फर्काउनु आवश्यक छ । जुन कांग्रेसका कर्मठ र इमान्दार सिपाहीहरुको काम हो । जसका लागि अब थोरै र मधुरो आवाज भएपनि खबरदारीमा उत्रनुको बिकल्प छैन् ।

अहिले पनि वीपीको सिद्धान्तलाई आत्मसाथ गरेर पार्टीलाई जोगाउन लागि पर्नेहरु टोलदेखि केन्द्रसम्म छन् । तर, अहिलेको नेतृत्वलाई उनीहरुले पार्टीको सिद्धान्त बोकेको मन परेको छैन् । जुन कांग्रेस पार्टीकै सबैभन्दा गम्भीर डरलाग्दो पक्ष हो । अहिले पनि नेपाली कांग्रेस संस्थापक नेता वीपी कोइरालाको नाममा राजनीति गर्दै आएको छ । कांग्रेसको नेतृत्वले सिद्धान्त र आदर्शलाई भुलेर स्वार्थको राजनीति गरेपछि पार्टी नै कमजोर बन्दै गएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदानलाई समेत अवमूल्यन गर्ने काम कांग्रेसमा भइरहेको छ । वीपीको आदर्श, मूल्य र मान्यता अहिले पनि नेपाली कांग्रेसका लागि मात्रै होइन, देशकै लागि सान्दर्भिक रहेको छ । तर कांग्रेसले नै त्यसलाई भुल्दै गएको छ । अहिलेको वर्तमान राजनीतिक परिवेशमा पनि काँंग्रेसले वीपीको आदर्श, मूल्य र मान्यतबाट देशको समस्या समाधान गर्न सक्थ्यो । तर, कांग्रेसले त्यो पहल कदमी गरेन् । उल्टै अरुका नीति र सिद्धान्त परस्त हुंदै गएको अनुभूति कार्यकर्ताले गर्दै गएका छन् । पदलाई नै सर्वोपरी ठान्ने नीति मात्र नेतामा विकास हुंदै गएको छ । जसका कारण कांग्रेस गुटैगुटको पार्टी बन्न पुगेको छ ।

सबैलाई नेतृत्व चाहिने योगदान, निष्ठालाई पाखा लगाएर कांग्रेसको नेतृत्वमा पुग्नेहरुले पार्टीलाई जिवित राख्न सक्दैनन् । शक्ति र पैसाको भरमा नेतृत्वमा पुग्नुलाई ठूलो मान्न र पार्टीलाई उचाईमा पु¥याउने कुराको आश गर्न सकिदैन् । अहिले कांग्रेस यिनै परिदृष्यबाट गुज्रिरहेको छ । वीपीले जन्माएको नेपाली कांग्रेस नै कसरी वीपीको सिद्धान्तको अवहेलाना गर्ने अवस्थामा पुग्यो । अब पनि खोजी नगर्ने हो भने हामी इतिहासका पन्नामा मात्रै सीमित हुनेछौं ।

बिड्म्बना नै मान्नु पर्छ, नेतृत्वले वीपीको सिद्धान्तको बहस नै गर्न छाडेको छ । अहिलेको नेतृत्व व्यक्तिगत स्वार्थका लागि गुटगट राजनीति चलाउनमै सीमित छ । कांग्रेसको अहिलेको नेतृत्व वा पुस्ताले वीपीको सिद्धान्तलाई चटक्कै बिर्सिएको भान हुन गएको छ । अहिलेको नेतृत्व जुनसुकै दलसंग पनि सम्झौता गर्ने र सत्ताका लागि मात्रै मरिहत्ते गर्ने गरेको छ, जुन वीपीको सिद्धान्तविपरित हो । वीपीले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिले नारामै सीमित भएको भन्दैछ ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको पहरेदार साथै जन्मदाताको दाबी गर्ने नेपाली कांग्रेस आज “रानो हराएको माहुरीको हुल” जस्तो बन्दैछ । सुन्दा अप्रिय लाग्ने तर वास्तविकताले मान्न करै लाग्ने बनाएको वर्तमानको नेपाली कांग्रेस न बिगतको न भविष्यको स्थितिबाट गुज्रदैछ । कुनै पनि राजनीतिक पार्टी नीति, नियम र बिधानबाट परिचालित हुन्छ भन्ने लोकतान्त्रिक मान्यतालाई मान्ने हो भने नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रे्रेस आज कुन विधानअनुसार कसरी चलिरहेको छ ? आज कांग्रेस कमजोर हुंदा लोकतन्त्र धरापमा छ । यदी कांग्रेस आफ्नो नीति र सिद्धान्तमा चलेको थियो भने मुलुक यो अवस्थामा पुग्ने थिएन् । पृथ्वी नारायण शाहले एकीकरण गरेर बनाएको सिंगो देशलाई जोगाउने अभिारा का“ग्रेसकै का“धमा हिजो, आज र भोलि पनि छ । पृथ्वीनारायण शाहले गरेको योगदानलाई अरुले जे भनेपनि गरे पनि कांग्रेसले संधैं सम्मानका साथ कदर गर्दै अगाडि बढ्नुको विकल्प छैन् ।

कांग्रेसले बाटो बिराउंदा आज देश नै गलत बाटोमा गइरहेको छ । महाधिवेशन हुनु, नेतृत्व चयन हुनु ठूलो कुरा होइन् । यसले पार्टीलाई देशलाई के सन्देश दिन्छ ? पार्टीले अवलम्बन गरेको नीति, सिद्धान्त कस्तो छ ? यसले भोलि देश र जनतामा के प्रभाव पार्छ भन्ने कुरा महत्वपूर्ण हो । पार्टीमा निष्ठाको राजनीति गर्नेहरुलाई नेतृत्वमा स्वागत गरे कांग्रेसका धेरै समस्या आफैं समाधान हुन्छ । यसले पार्टीलाई वीपीको आदर्श, सिद्धान्त र नीतिमा हिंडाउन सक्दछ ।

जसले अहिलेको अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जिवित गराउंदै एउटा सग्लो कांग्रेस बनाउने कामको सुरुवात हुन्छ । यसको विपरीत आसेपासे, चाकडी गर्ने, ज्यू, हजुरी गर्नेहरुलाई बोकेर नेतृत्वमा पुग्नेले पार्टीलाई ओरोलो तिर लान्छ । त्यसैले यसको नीति, सिद्धान्तलाई बचाउंदै पार्टीमा कार्यान्वयन गराउनका लागि कर्मठ र इमान्दार कांग्रेसजनहरु एकजुट हुनुको विकल्प छैन् । अहिले फेरि देश र संविधानको रक्षा गर्ने जिम्मा कांग्रेसको हातमा आइपरेको छ ।

यसलाई कांग्रेसले सुझबुझ र परिस्थिति अनुकुल सञ्चालन गर्न सक्नु पर्छ । अब कांग्रेसमाथि पार्टीसंगै देशलाई पनि सही मार्गमा हिंडाउनु पर्ने जिम्मेवारी आएको छ । हरेक राम्रा र गतिशिल पार्टीहरु सत्तामा पुगेपछि विवाद र समस्यामा परेको नेपाली राजनीतिमा देखिदै आएको छ । हिजोको दिनमा नेपाली कांग्रेस पनि यसबाट अछुतो रहेन सकेको छैन् । पार्टीभित्र विवाद भएको समयमा सत्तामा उक्लिएको कांग्रेसले एमालेको हविगत भोगेर सत्ताबाट बाहिरनु पर्ने अवस्था नआओस् ।

(लेखकः नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here