नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कमिटीको बैठक सम्पन्न

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

१५ चैत्र ।सिमरा : नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कमिटीको बैठक वडा कमिटीका अध्यक्ष फजेलक अन्सारीको अध्यक्षतामा बिहिवार सम्पन्न भएको छ। बैठकमा पार्टीका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती चौधरी, प्रदेश कमिटी सचिव मनोज पौडेल, प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रदेश कमिटी सदस्यहरू चयन गुरुङ, सुभद्रा न्यौपाने, जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष तथा उपप्रमुख भोलाप्रसाद अधिकारी, जिल्ला सदस्य गीता घले, नगर सचिव रत्न उप्रेती, वडा नं. २ का अध्यक्ष रविन्द्र खकुरेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सचिव मनोज पौडेलले पार्टी संगठनलाई अझै बलियो बनाउन आवश्यक रणनीतिहरू अपनाउनुपर्ने बताए। उनले पार्टी अनुशासन र एकताको महत्वलाई जोड दिँदै संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।त्यसैगरी, केन्द्रीय सदस्य सरस्वती चौधरीले स्थानीय स्तरमा पार्टीलाई मजबुत बनाउन सबै नेता-कार्यकर्ताहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। उनले वर्तमान राजनीतिक परिस्थितिमा एमालेको भूमिका निर्णायक रहेको बताउँदै पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन आग्रह गरिन्का र्यक्रमको सहजीकरण हाजिर अन्सारीले गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय