विभिन्न पार्टी परित्याग गरि २०० जना लोसपामा प्रवेश

पछिल्लाे समाचार

१५ चैत्र, गोडैता । सर्लाहीको गोडैतामा लोसपाको वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । गोडैता नगरपालिका वार्ड न.२ जयपुर स्थित श्याम सुन्दर महतो को प्राङ्गणमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा २०० जना विभिन्न पार्टी परित्याग गरि लोसपामा प्रवेश गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी गोडैता नगरपालिकाको मेयर देवेन्द्र कुमार यादव ले पार्टीमा प्रवेश गरेकालाई फुलको माला, अबिर र दोसल्ला ओढाई स्वागत गरेको छ । लोसपाको नगरअध्यक्ष मुकेश ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई रामकरण ठाकुरले संचालन गरेका थिए।

कार्यक्रममा संविधान सभा सदस्य केदारनन्दन चौधरी, मधेस प्रदेशको दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा, गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव, उपमेयर अन्जना कुशवाहा, वार्ड न.२ का वडाअध्यक्ष भोला महतो, ३ का विजय प्रसाद यादव, ७ का दिनेश दास, नवलकिशोर सहनी, सतेन्द्र कुमार ठाकुर, वडासदस्य सितल मुखिया, रामछविला महतो लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय