सर्लाहीको बिष्णु गाउँपालिकामा नेपाली कांग्रेसका जवाहरलाल यादव विजयी ।।

पछिल्लाे समाचार

सर्लाहीको बिष्णु गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार जवाहर लाल यादव भारी मतले विजयी भएको छ । पुर्व गापा अध्यक्ष यादव आफनो निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका विजय यादव लाई १३१ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन ।

गाउँपालिका अध्यक्षमा निर्वाचित हुन यादवले ३२११ मत प्राप्त गरे भने उपाध्यक्षमा नेपाली कांग्रेसकै उषा देवीले २९४९ मत प्राप्त गरेको बिष्णु गाउँपालिकाका निर्वाचित अधिकृत गिरमान थापा ले जानकारी दिए ।

त्यस्तै, जनता समाजवादी पार्टीका विजय यादव ३०८० मत प्राप्त गरे भने उपाध्यक्ष सुनिता देवी जयसवाल २४७० मत प्राप्त गरिन ।

जम्मा ८ वटा रहेका गाउँपालिका कुल मतदाता संख्या १४७२३ रहेका छन भने ११०४० मत खसेका रहेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय