राहुल पाण्डेयको घरदौलो, क्षेत्रको विकास गर्ने प्रतिबद्धता

पछिल्लाे समाचार

कपिलवस्तु १ मंसिर

मंसिर ४मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कपिलवस्तु क्षेत्र नं ३ का जनमत पार्टीका नेता कार्यकर्ता सक्रिय रुपमा लागिरहेका छन् ।

उनीहरु १७ कात्तिकदेखि दिनहुँजसो निरन्तर मतदाताको घरदैलोमा पुगी हार्न छापमा मतदान गरी आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् । साथै कपिलवस्तु क्षेत्र नं ३ (२) जनमत पार्टी बाट उमेदवार राहुल पाण्डेय ले समेत क्षेत्रमा घरदैलो अभियानमा तिब्रता दिइ आफूले क्षेत्रको समग्र विकास गर्ने बताएका छन् l

चुनावी घरदैलो अन्तर्गत कृष्णनगर , विजयनगर लगायात पालिकामा राहुल पाण्डेय प्रति समर्थन रहेको देखिएको छ । घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई फुलमालसहित स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए । चुनाव प्रचारका क्रममा जनमत पार्टीका
कार्यकर्ताहरुले आफ्नो राम्रो माहोल देखेका छन् । त्यसैले आफ्ना क्षेत्रका तीनै जना उम्मेदवार विजयी हुनेमा विश्वस्त देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय