जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पछिल्लाे समाचार

२७ फागुन २०७९ बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेटबाट वडा न ३ बजनिले शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो ।वडाभित्र रहेका वृद्धवृद्धा, गरिब, असहाय परिवारले रोगको जाँच गराउनबाट वञ्चित भइरहेको बेला स्वास्थ्य शिविरको आयोजना गरेपछि उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्वास्थ्य शिविरमा चिकित्सकले लेखेको औषधि निशुल्क रुपमा प्रदान गरिने छ । त्यस्तै हरेक महिनाको २ दिन वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ । यस्तै, शारीरिक रूपमा अशक्त भएकाका लागि घरमै चिकित्सक पठाएर जाँच गराउने व्यवस्था मिलाउने उपमहानगरको योजना छ ।

निःशुल्क स्वास्थ्य शिविरमा नाका, कान, घाँटी, आँखा, मधुमेह जस्ता रोगको उपचार र औषधि वितरण गरिने उपमहानगरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय