जीतपुरसिमरा उपमहानगर ३ ले फागुन २६ गते नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै

पछिल्लाे समाचार

२४ फागुन सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनीले फागुन २६ गते १ दिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।वडा स्तरीय बजेट बाट वडा न ३ ले फागुन २६ गते नि:शुल्क एक दिने स्वास्थ्य शिविरको आयोजना गर्न लागेको वडा कार्यालयले जनाएको छ ।

कान,नाक,घांटी,दम रोग,चिनी रोग,प्रेसर जस्ता रोग भएकाहरुले २६ गते वडामा आएर आफ्नो स्वास्थ्य परिक्षण गराउन वडा बासि संग आग्रह गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले हालै नियुक्ति गरेको मेडिकल अधिकृत स्टाफ नर्श,ल्याबका कर्मचारीहरुले १ दिने नि:शुल्क स्वास्थ्य शिविरमा बिरामीहरुको चेंक जाँच गर्ने वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भएको छ ।

शिविरमा उपचार गराएर चिकित्सकले लेखेको औषधि नि;शुल्क रुपमा उपलब्ध गराईने छ ।अहिलेको परस्थितिमा कति पयले आफ्नो शरीर भित्र रहेको रोग लुकाएर राख्ने गरेको अहिले देशको आर्थिक स्थिति कम्जोर हुदै गएको बेला पैसाको अभावमा आफ्नो शरीर भित्र रहेको रोगको चेक जाँच समयमा नगराउदा ज्यान समेत जाने गरेको कुरालाई मध्य नजर गर्दै आफुले वडा स्तरीय बजेट बाट नै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।

हरेक महिनाको २ दिन वडा न ३ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिने उहाँले बताउनु भयो ।त्यस्तै उहाँले फागुन २६ गते एक दिने निशुल्क स्वास्थ्य शिविरमा आएर स्वास्थ्य परिक्षण गराउन वडा बासि संग अनुरोध समेत गर्नु भएको छ ।चिनी रोगको ल्याब चेकको व्यवस्था पनि शिविरमा गरिएको वडा कार्यालय ३ ले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय