बारामा यौन ब्यवसाय फस्टाउदै ,अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

पछिल्लाे समाचार

०२ श्रावन,अखिलेश कुमार यादव। बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ बजनी स्थित रहेको अजय होटेल एण्ड लजमा यौनधन्दा सञ्चालन गरिरहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ मा प्राप्त गोप्य सूचनाको अनुसार अस्थायी प्रहरी पोस्ट रामवन र वडा न ३ को टोलिले संयुक्त रुपमा सोमबार राति छापा मारेको थियो ।

प्रहरीले छापा मारेर दुईजना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ।अजय होटेल एण्ड लजले बिगत २/३ महिना देखि केटि नै राखेर यौन ब्यवसाय गर्दै आईरहेको खबर होटेल आसपासको स्थानियले वडामा आएर जनकारी गराए पछि वडा कार्यालयले प्रहरीको समन्वयमा होटेलमा छापा हानेको हो।

गत असार १९ गते पनि वडा न ३ को कार्यालय र प्रहरीले एक होटेलमा छापा मारेको र त्यहाँ पनि यौनजन्य क्रियाकलाप भएको पाईएको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भयो ।प्रहरीलाई घटना बारे समयमा जानकारी गराउदा पनि नजिकै रहेको प्रहरी चौकी बाट प्रहरी समयमा न पुग्नु कतै प्रहरीको मिलोमतोमा यौनजन्य क्रियाकलाप हुने गरेको भनेर स्थानीयले आशंका समेत गर्न थालेको छ ।

बारामा अहिले यौनजन्य क्रियाकलाप फस्टाएको प्रष्ट भए पनि प्रहरीले यसमा चासो न देखाएको भेटिएको छ ।बारामा राजमार्ग सग जोडिएको अधिकान्श होटेल संचालकहरुले केटि र आईमाई राखेर होटेल भित्र यौन ब्यवसाय गर्दै आईरहेको भए पनि बारा प्रहरिले त्यसता होटेल संचालकलाई अझै कार्वाही गर्न सकेको छैन।

spot_imgspot_img
spot_img

लोकप्रिय