बारामा  बसको ब्रेक फेल भएर दुर्घटना हुँदा २ जनाको मृत्यु

पछिल्लाे समाचार

बारा, असोज १५ ।बारामा बुधवार सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।जिल्लाको  जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक हेटौडा–पथलैया सडकखण्डमा बुधबार बिहान यात्रुबाहक बसको ब्रेक फेल हुँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

जनकपुरबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुँदा सोही दिशातर्फ जाँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट दुवै मोटरसाइकलमा सवार छ जना घाइते भएका थिए।दुर्घटनामा बारा फेटा गाउँपालिका–१ भरवलिया निवासी २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगन्ज महानगरपालिका–३१ निवासी २६ वर्षीया कविता देवीको उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।  प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि दुबै जनालाई चिकित्सकहरुले मृत घोषणा गरेको थियो।

दुर्घटनामा मकेश्वर पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी, २० महिनाकी छोरी तानिया पटेल, पर्सा वीरगन्जका २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा सोही बसको पछाडि रहेको प्रदेश ३-००१ ज ०६६२ नम्बरको ईभी माइक्रो बसमा सामान्य क्षति पुगेको छ।दुर्घटनापछि केहीबेर अबरुद्ध सडक एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय