वृक्षारोपण र फलफूल वितरण गर्दै नेपालि कांग्रेस बाराले मनायो ४४ औं बीपी स्मृति दिवस

पछिल्लाे समाचार

साउन ०६ सिमरा : ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाराले वृक्षारोपण तथा बिरामीलाई फलफूल वितरणसहित विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कुडवामा आयोजित वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि मथुरा प्रसाद घिमिरे ले बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र सामाजिक सेवाको भावनालाई व्यवहारमा उतार्दै समाजसँग जोडिने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

उहाँले वृक्षारोपण वातावरण संरक्षणसँगै भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभयो। यसै अवसरमा प्रदेशिक अस्पताल कलैयामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष मनोज भट्टले बीपीले देखाएको मानवसेवा र लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्दै यस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। फलफूल वितरण कार्यक्रममा केन्द्रीय सदस्य बिनिता खडका, मधेश प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादव, जिल्ला सचिव भैयाराम यादव र राजेश रौनियार, नेता तेजनारायण जैस्वाल, तरुण दलका पूर्व केन्द्रीय सचिव राजेन्द्र जैस्वाल, युवा नेता अफ्तर मन्सूर, इन्जाद अन्सारीलगायतको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय