शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पार्टीले गर्‍यो कारवाही

पछिल्लाे समाचार

०४ श्रावन,काठमाडौँ: जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले ५ जनालाई अनुशासनको कारवाही गरेको छ । जनमत पार्टीको नीति, निर्देश र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेकाले कारवाही गरिएको केन्द्रीय अनुशासन समितिका प्रमुख ई. दिपककुमार साहले जानकारी दिए ।


कारवाहीमा पर्नेमा बाराको उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा समेत छन् । उनी उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । कुशवाहालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।


सप्तरीका गुलाब मण्डल, शंकर खड्का र भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवान दास यादवलाई निलम्बनको कारवाही गरिएको छ । कारवाही पश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहार अनुसार कारवाही फुकुवा वा थप कारवाही हुनसक्ने अनुशासन समितिले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय