एउटै गाडी संग दोहोरो कर असुली,प्रहरी प्रशासन मौन

पछिल्लाे समाचार

०४ श्रावन ।अखिलेश कुमार यादव । ,बारा : पथलैया–वीरगञ्ज औधोगिक करिडोरमा गुड्ने सवारी साधनलाई रोकेर जबरजस्ती एउटै गाडी संग दोहोर कर असुली गर्ने धन्दा अहिले सम्म बन्द भएको छैन । राजमार्गमा गुड्ने मालवाहक तथा खाली गाडीसँग बिरगंज बाट पथलैया तर्फ जादा पनि कर लिने र पथलैया बाट बिरगंज फर्किदा समेत दोहोरो कर लिने गरेको पाईएको छ ।

एच एण्ड जे ट्रेडर्स वीरगञ्जले ठेक्का सकार गरेर एकै ठाउँबाट सवारी साधनसँग रकम उठाउँदै आएको हो । भन्सारबाट छुटेका नेपाली तथा भारतीय गाडीसँग दैनिक यसरी रकम उठाउने गरेको वडा न २३ को एक जना स्थानीयले बताए ।राजमार्गमा अबैध कर असुली गरिरहेको समाचार बारम्बार बिभिन्न मिडियाले प्रकाशन गरे पनि सम्बन्धित निकायले अहिले सम्म ध्यान दिन सकेको छैन ।

पथलैया–वीरगञ्ज औद्योगिक करिडोर (६ लेन) संघीय सरकारको बजेटबाट निर्माण गरिएको हो । नेपालकोे संविधानले स्थानीय तहलाई दिएको अधिकारमा सिँचाइ सडक, ग्रामीण सडक र कृषि सडकमा मात्रै स्थानीय तहले कर लगाउन पाउने व्यवस्था छ । तर संघीय सरकारले निर्माण गरेको सडकमा परवानीपुर गाउँपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाले ‘कवाडी कर’ को नाममा राजमार्गमा गुड्ने गाडीहरुलाई दुःख दिएर जबरर्जस्ती शैलीमा एच एण्ड जे ट्रेडर्स वीरगञ्जले कर न दिने चालकलाई थर्काएर कुटेर समेत कर अशुल्ने गरेको पाईएको छ ।

यता गत आर्थिक बर्ष २०७९/८० का लागि पनि एच एण्ड जे ट्रेडर्स वीरगञ्जलेनै सवारी कर उठाउने ठेक्का पाएको थियो भने यस बर्ष पनि सोहि ठेका कम्पनीले सवारी कर उठाउने ठेका पाएको छ ।बल जबर्जस्ति राजमार्गमा गुड्ने सवारी साधन संग कवारी कर लगाएत अन्य करको नाममा कर लिने गरेको पाए पनि जीतपुरसिमरा उपमहानगरपालिका अहिले सम्म मौन बसेको छ ।

राजमार्गमा गुड्ने गाडीसँग दैनिक लाखौं रुपैयाँ यसरी अवैध रुपमा उठाएको विषयमा प्रहरी, प्रशासन पनि जानकार छन् ।ठेकेदार कम्पनीले कवाडी करको नाममा प्रत्येक गाडीलाई राजमार्गमा रोकेर दुई सय २५ रुपैयाँ रकम असुल्ने गरेको चालकहरुको गुनासो छ ।भारत बाट र बिर्ग्नाज बाट आउने मालवाहक गाडी र खालि गाडीलाई रोकेर २/३ जनाले कर असुल्ने गरेको र कर न दिएको खण्डमा बासको भत्ताले हान्ने धाक धम्कि समेत दिने गरेको चालकहरुले गुनासो गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय