पशु कल्याण सम्बन्धि जनचेतनामूलक सडक नाटक

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

महेन्द्र सहनी ।०४ जेठ।बारा । एनिमल नेपाल नामक संस्था धोबीघाट ललितपुरको आयोजनामा पशु कल्याण सम्बन्धि सडक नाटक सम्पन्न भएको छ ।दिनानुदिन पशु बलि दिने क्रम बढदै गए पछि संस्थाले बारा जिल्लाको विभिन्न ठाउँमा पशु कल्याण सम्बन्धि सडक नाट गरिएको छ । एनिमल नेपाल संस्थाका फिल्ड अंफिसर सिताराम पटेल र सत्रुधन पटेलले जानकारी दिएका छन् ।

पशुहरु पनि मानवजस्‌तै एक प्रकारको जिव भएकोले उनीहरुलाई पनि मानिसझै ,भोक, प्यास र कुपोषण हुन दिनुहुँदैन डरत्रास र तनाव हुन नदिनुका साथै उनीहरुलाई भौतिक तथा सित, तापजन्य असुविधा- बाट हामीले सुरक्षित गर्नुपर्छ । त्यस्तै गरी उनीहरुलाई कुनै प्रकारको रोग वा दुख पिडा तथा  घाउ चोट लागेमा तुरुन्त औषधि उपचार गराई निको पार्ने र मानव जस्तै सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न दिनुपर्ने संदेश यस नाटकले दिईएको छ।

बैशाख ५ गतेदेखि प्रदर्शन सुरु गरिएको यो नाटक बाराको कलैया उपमहानगरपालिका, करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका, आदर्श कोटवाल गाउँपालिका, देवताल गा.प सुवर्ण गाउँपालिका, पचरौता न. पा.फेटा गा.पा., विश्रामपुर ग.पा. प्रसौनी गा.पा. परवानीपुर गा.पा. जितपुर सिमरा उ.म.न.पा लगायतका स्थानहरुमा जेठ १ गते सम्म प्रदर्शन भएको   पटेलले बताउनुभयो

adv

spot_imgspot_img
spot_img

लोकप्रिय