शक्त महिला, समृद्ध नेपाल परियोजना बारे अभिमुखिकरण सम्पन्न

पछिल्लाे समाचार

०४ जेठ ।पर्सा । प्रदेशकै एक मात्र महानगर वीरगंज महानगरका महिलाहरुलाई सशक्त बनाउन हर आवश्यक सहयोग गर्न महानगर तयार रहेको उपप्रमुख इम्तियाज आलमले बताएका छन् । सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमको विषयमा एकदिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


उनले जनप्रतिनिधिका हैसियतले गर्नुपर्ने हरेक जिम्मेवारी पुरा गरेर महिला तथा बालबालिकाको अवस्थामा सकारात्मक परिवर्तनका लागि सहयोग गर्न ३२ वटै वडाका वडाध्यक्षहरुलाई आग्रह गरे । वीरगंजको होटल रोयल पार्टी प्यालेसमा सम्मन्न कार्यक्रममा बोल्दै उपप्रमुख आलमले बालबालिकाको हितपूर्ण कार्यका लागि वडा वडा र गाउँ टोलमा पुगेको तथा महिलाहरुलाई सशक्त बनाउन तथा समृद्धिको बाटोमा डोहो¥उन लागि परेका दातृसंस्थाहरुलाई सबैखाले प्रयासका लागि धन्यवाद दिए ।


महिलाहरुले आफ्ना लागि के सहि हो भनेर छुट्याउन सक्ने तथा यो म गर्छु भनेर निर्णय लिन सक्ने अवस्था बनाउने प्रयास स्वरुप सशक्त महिला, समृद्ध नेपाल परियोजना संचालन गर्न थालिएको कार्यक्रममा जानकारी गराइएको थियो । युरोपियन युनियन, युनिसेफ, यु एन वुमन, र युएनएफपिएको आर्थिक सहयोग तथा महानगरसँगको सहकार्यमा परियोजना संचालन हुन लागेको हो ।
परियोजनाको उद्देश्य तथा प्रकृयाबारे युनिसेफका मधेश प्रदेश प्रमुख अनिता दाहाल र यु एन वुमनका इन्दिरा आले मगरले जानकारी गराएका थिए ।

एनएफसिसि र लाइफ नेपालको संयुक्त आयोजना, वीरगंज महानगरपालिकासँगको समन्वय तथा ४ वटा दातृ निकायको सहयोगमा कार्यक्रम भएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रन्जना पंडितले शाखाबाट भए गरेका कृयाकलाप, उपलब्धि, आगामि योजना लगाएतका विषय समेटेर प्रस्तुतिकरण प्रस्तुत गरेकि थिइन् ।


कार्यक्रममा ३३.८ प्रतिशत किशोरीहरुको विवाह १५ देखि १७ वर्षमै तथा ३६ प्रतिशत किशोरीको विवाह १८ देखि २० वर्षमा हुने गरेको पछिल्लो तथ्यांक प्रस्तुत गरिएसको थियो । यसैविच ६१.२ प्रतिशतको मात्रै जन्मदर्ता हुनु तथा ७६.० प्रतिशत कुल साक्षरता दर मध्ये ८३.६ प्रतिशत पुरुष साक्षर हुँदा पनि ६७.८ प्रतिशत मात्रै महिला साक्षर भएको हालको अवस्थालाई उल्ट्याउन आवश्यक रहेको औंल्याइएको थियो ।


वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तीयाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा माहाशाखा प्रमुख अरविन्दलाल कर्ण, युनिसेफका विष्णुमाया भट्राई लगायतको सहभागिता रहेको थियो । युनिसेफका कामदेव खनालले अभिमुखिकरण कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको कार्यक्रमको सहजिकरण लक्ष्मी साहले गरेकि थिइन् । कार्यक्रममा वीरगंज महानगरका वडाध्यक्षहरु, बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु गरि ५० जनाको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय