डुमरवानामा मदन-आश्रित स्मृति सभा सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।०३ जेठ ।बारा । ३१ औँ मदन–आश्रित स्मृति दिवसमा बिहिवार जीतपुरसिमराको डुमरवानामा स्मृति सभा सम्पन्न भएको छ ।नेकपा एमाले जीतपुरसिमरा नगर कमिटिको आयोजनामा डुमरवानामा सभा आयोजना गरिएको हो । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमयी जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरूले पनि मदन भण्डारीको स्मृति सभा मनाउने गर्दछन् । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख एवं नेकपा एमालेको नगर कमिटी अध्यक्ष भोला प्रसाद अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पूर्व मन्त्री पुरुशोतम पौडेल प्रमुख अतिथी रहनु भएको थियो ।

मदन-आश्रित ३१ औं स्मृति दिवसको अवसरमा  बोल्दै पौडेलले मदन–आश्रितले देखाएको बाटोमा अगाडी बढ्न सके मुलुक समृद्ध बन्ने बताउनुभयो। कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य सुन्दर विक, किशोर शर्मा, चयन गुरुङ, जिल्ला कमिटी उपसचिव भावना आचार्यलगायतले मन्तब्य राखेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय