बकुलिया देखि औराहालाई जोडनको लागि रजैया सडक निर्माण हुँदै 

पछिल्लाे समाचार

०३ जेठ बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ को बकुलिया र वडा न ४ को औराहालाई जोडनको लागि रजैया सडक निर्माण सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगर ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी र वडा न ४ का वडाध्यक्ष भोज बहादुर खत्रीले सन्युक्त रुपमा शिलान्यास गरे पछि रजैया सडक निर्माण सुरु भएको छ ।

बकुलिया स्थित रहेको दुधौरा नदिको छेउ बाट केही किसानहरुले अतिक्रमण गरेर राखेको जग्गामा बाटो निर्माण कार्यको थालनी गरिएको छ ।४० फीट चौडाई भएको बाटोमा तत्काल माटो पुर्ने कार्य गरिने वडा न ४ का वडाध्यक्ष भोज बहादुर खत्रीले बताउनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिकाको १८ लाखको लागतमा बकुलिया देखि औराहा सम्म सडक निर्माण गर्ने लागिएको वडा न ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले बताउनुभयो ।औराहाको चौधरी टोल सम्म बाटो जोडिने र आउदो दिनमा महेन्द्र राजमार्गमा जोडिने गरेर बाटो निर्माणलाई अगाडि बढाउने जीतपुरसिमरा वडा न ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता भोज बहादुर खत्रीले बताउनु भयो ।

बाटो निर्माण हुँदै

उक्त सडक निर्माणले किसानहरु बढी लभान्वीत हुने छ ।सडक निर्माणले जीतपुरसिमरा उपमहानगर वडा न ५,११,१९,२० का जनतालाई सिमरा जानको लागि सजिलो हुने भएको छ । उक्त सडक निर्माणको शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य अर्जुन रसैली,वडा न ११ का वडा सदस्य सुरेश प्रसाद यादव लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय