जीतपुर बाट १ किलो ७४४ ग्राम गाँजासहित बैठा पक्राउ

पछिल्लाे समाचार

साउन २४ जीतपुर : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट प्रहरीले १ किलो ७४४ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय ४२ वर्षीय वीरेन्द्र बैठालाई आफ्नै घरको आगनबाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बैठाको साथबाट ७० पुडिया गरी ३ सय ८६ ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ३ सय ५० ग्राम गरी जम्मा १ किलो ७ सय ४४ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको छ। पक्राउ परेका बैठालाई बरामद लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरको कमाण्ड सम्हालेदेखि नै वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलाको सक्रियतामा लागूऔषध कारोबार तथा सेवनविरुद्ध प्रहरी कारबाहीलाई तीव्रता दिइएको छ। उहाँको नेतृत्वमा पछिल्लो समय निरन्तर रूपमा लागूऔषध कारोबारी पक्राउ पर्दै गएका छन्। प्रहरीले लागूऔषधको कारोबार, ओसारपसार तथा सेवन नियन्त्रणलाई थप कडाइका साथ अघि बढाइरहेको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय