पचरौता नगरपालिका द्वारा १४ सय ५० घरधुरीलाई ग्यास सिलिन्डर बितरण 

पछिल्लाे समाचार

२० असोज।बारा । बाराको पचरौता नगरपालिकाले १४ सय ५० विपन्न परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारको चुनावी प्रतिबद्धता अनुरूप विपन्न नगरबासीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।  यसअघि निर्वाचित भएका पचरौता नगरपालिकाका जनप्रतिनिधिले करिब पाँच हजार छ सय परिवारलाई ग्यास वितरण गर्दा सम्मान रुपमा ग्यास बितरण नगरेका कारण छुटेका चौध सय पचास विपन्न परिवारलाई आइतबार ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको हो ।

पर्यावरणलाई स्वच्छ तथा गृहणीलाई भान्साको धुँवाका कारण हुने स्वास्थ्य समस्या नआओस भनेर एलपीजी ग्यास वितरण गरिएको पचरौता नगरपालिका-५ का वडा अध्यक्ष लक्ष्मी यादवले बताए । पचरौता नगर क्षेत्रलाई धुवाँ  मुक्त नगर बनाउने उद्देश्यले निःशुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण अभियान सुरु गरिएको नगरप्रमुख जलन्धर सिंह जैसवारले बताएका छन् । नगरपालिकामा ग्यास लिन छुटेका परिवारलाई पनि ग्यास र चुलो वितरण गर्ने नगरप्रमुख जलन्धर सिंह जैसवारले बताए ।

उनले भने,”भान्सामा काम गर्नेको स्वास्थ्य र पर्यावरण पनि जोगिन पालिकाले निर्णय गरेरनै यो कार्यक्रम ल्याएको हो ।स्थानीय सरकारले दशैको मुखमा वितरण गरेको ग्यास प्राप्त भएपछी स्थानीयले यस कार्यक्रम सकारात्मक भएको भन्दै स्थानीय सरकारलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय