जीतपुर ट्राफिक प्रहरी असुलिमा ब्यस्त ,जीतपुरको ट्राफिक ब्यवस्थापन भद्रगोल

पछिल्लाे समाचार

असोज २५ सिमरा । जीतपुरको बढी भीडभाड हुने क्षेत्र टेढा रोड, बकुलिया रोड, सब्जीमण्डी सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। ट्राफिक प्रहरीको फितलो उपस्थितिले चालक मनलाग्दी सवारी साधन चलाउँछन्, पार्किङ गर्छन्। नो पार्किङ बोर्ड लगाएको ठाउँमा समेत गाडिहरु पार्किङ गरिरहेको पाईन्छ।अस्थायी ट्राफिक प्रहरी पोस्ट जीतपुरको इन्चार्जको जिम्मा तेज मिश्राले पाए देखिनै जीतपुरको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको छ ।

जीतपुर ट्राफिक प्रहरी अहिले ट्राफिल ब्यवस्थापन गर्नु भन्दा बढी पैसा असुलिमा ब्यस्त भएको छ ।चाड पर्व नजिकिए सगै अहिले जीतपुर बजारमा चहलपहल बढेको छ ।चहलपहल बढेको बेला ट्राफिक ब्यवस्थापन गर्नु पर्ने जिम्मा पाएको ट्राफिक प्रहरी अहिले पैसा उठाउनमा ब्यस्त भए पछि जीतपुरको ट्राफिक ब्यवस्थापन फितलो भएको छ ।जीतपुर ट्राफिक प्रहरीका इन्चार्ज बरिस्ठ हवल्दार तेज मिश्राले अहिले बिरगंज नाका बाट मालसमन बोकेर आउने गाडी बाट महिनावारी उठाउनमा ब्यस्त भएको श्रोतले बताएको छ ।

मिश्राको रकम असुलीले अहिले जीतपुरको ट्राफिक ब्यवस्थापन भद्रगोल भएको छ भने यता चालकहरु समेत मिश्राको रकम असुली आतंकले दुखित भएको छ ।जीतपुर भएर दैनिक हजारौको संख्यामा गाडीहरु ओहोरदोहोर गर्ने गरेको छ जीतपुरमा ट्राफिक ब्यवस्थापन मजबुत हुनु पर्ने ठाउँमा ट्राफिक ब्यवस्थापन भद्रगोल भए पछि अहिले दुर्घटनाको जोखिम बढेको छ ।जीतपुरको टेढा रोडमा दैनिक ट्राफिक ब्यवस्थापन फितलो भएको कारण जाम लाग्ने गरेको छ ।

ट्राफिक प्रहरिका इन्चार्ज तेज मिश्राले जीतपुरको ट्राफिक ब्यवस्थापनमा लगातार चुक्दै आएको छ ।केबल मालबाहक र पशु लोड गरेको सबारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनलाई दुःख दिने गरेको गुनासो चालकहरुको रहेको छ ।पशु लोड गरेको सवारी साधनहरु संग जीतपुर ट्राफिक प्रहरीले महिनावारी लिने गरेको एक जना पशु ब्यवसायीले नाम नखोल्ने सर्तमा बताएको छ ।

जीतपुर बारा जिल्लाको औधोगिक र ठूलो बजार भएको क्षेत्रहो यहाँ ट्राफिक ब्यवस्थापन चुस्त र दुरुस्त हुनु अति आवश्यक छ तर इन्चार्जको जिम्मेवारी तेज मिश्राले सम्हाले देखि नै जीतपुरमा ट्राफिक ब्यवस्थापन फितलो वन्दै गएको छ ।जथाभावी पार्किङको कारण जीतपुरमा दुर्घटनाको जोखिम बढेको छ ।जिल्ला ट्राफिक कार्यालय बारामा राम कुमार महतो इन्चार्ज रहेको बेला मिश्राले महतोलाई फकाउदै सहायक प्रहरी निरिक्षक इन्चार्ज बस्दै आएको ठाउँमा बरिस्ठ हवल्दारलाई जिम्मेवारी तोकेर अस्थायी ट्राफिक प्रहरी पोस्ट जीतपुरमा पठाएको थियो ।इन्चार्ज मिश्राको असुलिको कारण अहिले जीतपुरमा ट्राफिक ब्यवस्थापन भद्रगोल बन्दै गए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा मुखदर्शक भएर बसेको छ ।

प्रहरी निरिक्षक इन्चार्ज बस्दै आएको ट्राफिक पोस्टमा बरिस्ठ हवल्दार इन्चार्ज पाए पछि जीतपुरको ट्राफिक ब्यवस्थापन भद्रगोल भएको स्थानियहरुले बताएको छ ।कमिसन बढी दिनेलाइ बढि कमाइ हुने पोस्टमा पठाउने र कमिसन कम दिनेलाई कम कमाइ हुने पोस्टमा पठाउने गरेको पाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय