स्रोत नखुलेको रकमसहित प्रसौनीका गुप्ता पक्राउ

पछिल्लाे समाचार

१९ माघ,पर्सा : सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको शसस्त्र प्रहरी टोलीले शुक्रबार साँझ वीरगञ्ज भन्सार मेनगेटमा चेकजाँचको क्रममा श्रोत नखुलेको रकम सहित बाराका एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ बस्ने वर्ष २२ को नितेश गुप्ता रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३१ प २७५६ नम्बरको मोटरसाइकलमा सवार गुप्तालाई चेकजाँचको क्रममा रु १ लाख भा.रु. र नेपाली २ हजार ७ सय १५ फेला परेको थियो ।रकमको बारेमा सोधपुछ गर्दा गुप्ताले स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । उनलाई मोटरसाईकलको १ लाख ५० हजार, मोवाईल २१ हजार र स्रोत नखुलेका बरामद रकम सहित नेपाली रु ३ लाख ३३ हजार ७१५ मूल्यकंन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको धामीले जानकारी दिए ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय