एक वर्षमै बारा गण पहिलो, एसपी के.सी.को कार्यसम्पादनको उच्च मूल्याङ्कन

पछिल्लाे समाचार

कलैया, ०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बारा का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले एक वर्षे कार्यकालमा बारा जिल्लाको सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनको नेतृत्वमा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, अन्तरसीमा अपराध तथा लागुऔषध कारोबार नियन्त्रणमा प्रभावकारी कारबाही भएको छ। करिब पाँच करोड रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरी भन्सार दाखिला गरिएको छ भने गाँजा, अफिम र लागुऔषधजन्य ट्याबलेटहरू समेत नियन्त्रणमा लिइएको छ।


कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बलले ४४ गणमध्ये बारा गणलाई उत्कृष्ट नतिजासहित पहिलो स्थान दिएको छ। सोही आधारमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार एसपी के.सी.लाई अर्को गणको कमाण्डमा सरुवा गरिएको छ। विपद् व्यवस्थापनमा समेत उनको कार्यकाल उदाहरणीय रहेको बताइएको छ। बाढी तथा अत्यधिक वर्षाका बेला सशस्त्र प्रहरी बलको छिटो र संगठित परिचालनमार्फत जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुगेको स्थानीयले बताएका छन्।


सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा ‘क्विप’ अवधारणामार्फत सार्वजनिक शौचालय, खानेपानी, सरसफाइ, विद्यालय तथा सामुदायिक संरचना सुधारजस्ता साना तर प्रभावकारी विकासात्मक कार्यहरू गरिएको छ। यसले सुरक्षा निकायप्रति जनविश्वास बढाएको जनाइएको छ। एसपी के.सी.को नेतृत्वमा गणको आन्तरिक प्रशासन, ब्यारेक, मेश र आवासीय संरचनाको सुधार तथा कार्यालय सौन्दर्यकरणमा पनि उल्लेखनीय प्रगति भएको छ। सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी व्यवस्थापनले कर्मचारीको मनोबल र कार्यक्षमता बढाएको बताइएको छ।
अन्य सुरक्षा निकाय तथा भारतीय समकक्षीसँगको समन्वय सुदृढ गर्दै राजस्व चुहावट नियन्त्रण र सीमा अपराध न्यूनीकरणमा उनले खेलेा भूमिका प्रशंसनीय रहेको जिल्लावासी र समाजसेवीहरूले बताएका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय