अमित ठाकुर।रौतहट।माघ ०६। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मदेवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ ।देशै भर प्रतिनिधि सभा निर्वाचनका लागि तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उमेदवार देखि दलगत उमेदवारहरुले आ-आफ्नो निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराए संगै रौतहटका चार क्षेत्रका चार वटै निर्वाचन कार्यालयमा स्वतन्त्र र दलगत उमेदवारहरुले मनोनयन दर्ता दर्ता गराएका हुन् ।
रौतहट जिल्लाको क्षेत्र नंबर १ मा रहेको मुख्य निर्वाचन कार्यालय गौरमा सब भन्दा पहिला स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका निर्वाचन कार्यालयमा जनाको हो। रौतहट जिल्लाको क्षेत्र नंबर १ मा नेपाल कम्युनिस्ट पार्टीबाट माधव नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश चौधरी,नेकपा एमालेबाट अजय गुप्ता,नेपाली कांग्रेस पार्टीबाट अनिल झा,जन्ता समाजवादी पार्टीबाट योगेन्द्र यादव र आम जन्ता पार्टीबाट अमर साहले उमेदवारी दिएका छन्।
निर्वाचन आयोगका अनुसार माघ ६ गते मनोनयन पत्र दर्ता गराएका उमेदवारहरुको नामावली प्रकाशन गर्ने, माघ ७ गते उमेदवारको बिरोधमा उजुरी दिने, माघ ७ र ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने,माघ ८ गते बेलुकी उमेदवारहरुको नामावली प्रकाशन गर्ने, माघ ९ गते उमेदवारको नाम फिर्ता लिने, माघ ९ गते बेलुकी उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, माघ ९ गते उमेदवारको निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको हो।

