बकुलिया क्याम्पसका छात्रालाई वडा–५ को उपहार, साइकल वितरणले बढायो उत्साह

पछिल्लाे समाचार

१८ भदौं, सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ५ को कार्यालयले बकुलिया क्याम्पसमा अध्ययनरत १० जना छात्रालाई नि:शुल्क साइकल वितरण गरेको छ।
बुधबार आयोजित कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले छात्राहरूमाझ साइकल हस्तान्तरण गर्नुभयो । प्रदेशसभा सदस्य चौधरीका अनुसार क्याम्पसमा अध्ययनरत तर यसपटक साइकल वितरणमा समावेश हुन नसकेका अन्य विद्यार्थीलाई समेत भविष्यमा साइकल उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले अध्ययनलाई सहज बनाउने खालका यस्ता सहयोगले विद्यार्थीलाई उच्च शिक्षामा प्रेरित गर्ने र समाजलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

कक्षामा नियमित उपस्थित हुने विद्यार्थीलाई प्रोत्साहित गर्न वडाले बजेट नै विनियोजन गरी साइकल उपलब्ध गराएको वडा अध्यक्ष दिपेन्द्र चौधरीले बताउनुभयो । वडाध्यक्ष चौधरीको अनुसार यस कदमले दैनिक रूपमा क्याम्पस आउन–जान सहज हुनुका साथै विद्यार्थीको मनोबल बढाउने विश्वास लिइएको छ। साइकल पाएका छात्रामध्ये जीतपुरसिमरा–१९ की साजन कुमारीले टाढाबाट क्याम्पस आउनुपर्ने भएकाले यो सहयोग ठूलो राहत भएको बताउनुभयो।


त्यस्तै जीतपुरसिमरा–५ की ममिता कुमारी रामले साइकल पाएपछि पढाइमा अझ सहजता आउने र समयमै कक्षामा उपस्थित हुन सजिलो हुने धारणा राख्नुभयो। क्याम्पस प्रमुख जयमंगल यादवले छात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले साइकल वितरण गरेको वडा कार्यालयप्रति आभार व्यक्त गर्दै यसले शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।उक्त साइकल वितरण कार्यक्रममा वडा सदस्य इन्दल पासवान ,इश्वर चौधरी , नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलिया प्रधानध्यापक धनन्जय गौतम लगाएत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय