करैयामाई गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, बजेट कार्यान्वयन र कृषि–शिक्षामा प्राथमिकता

पछिल्लाे समाचार

पुष २८, कलैया । बारा जिल्लाको करैयामाई गाउँपालिकाले १८औँ हिउदे गाउँसभा सम्पन्न गरेको छ। गाउँपालिकाको सभा हलमा आयोजित उक्त गाउँसभामा विभिन्न विधेयक, ऐन, नियम, कार्यविधि तथा गाउँकार्यपालिकाले गरेका निर्णयहरूमाथि विस्तृत छलफल गरिएको थियो। गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा गाउँपालिकामा भएका असल अभ्यास, योजना कार्यान्वयनको अवस्था, देखा परेका समस्या तथा समाधानका उपायबारे विस्तृत जानकारी दिइएको थियो।

१८ औँ गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सुनैना चौधरीले चालु आर्थिक वर्षमा कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई संशोधन गर्दै बजेटको शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्यसहित पालिकाले काम गरिरहेको बताउनुभयो। उहाँले आवश्यकता अनुसार योजना परिमार्जन गरी विकासलाई गति दिने नीति अवलम्बन गरिएको स्पष्ट पार्नुभयो। गाउँसभामा उठेका जिज्ञासाहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले समृद्ध र सफल करैयामाई निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीतन्त्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

साथै उहाँले नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलले पालिकाको समग्र विकासमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। अध्यक्ष यादवले करैयामाई गाउँपालिकालाई बारा जिल्लाकै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गर्दै किसानहरूलाई गहुँ, धान, मकै, मसुरो, तोरीलगायत विभिन्न बालीका बीउ समयमै उपलब्ध गराएर जिल्लामै सकारात्मक चर्चा र प्रशंसा बटुल्न सफल भएको बताउनुभयो। हिउँदे गाउँसभाबाट केही बजेट कटौती तथा केही योजनामा रकम रकमान्तर गरिएको जानकारी पनि उहाँले दिनुभयो।

शिक्षा र कृषि क्षेत्र नै करैयामाई गाउँपालिकाको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै अध्यक्ष यादवले यी क्षेत्रमा आवश्यक विकास कार्यहरू समयमै अघि बढाइँदै आएको बताउनुभयो। हिउँदे गाउँसभा तथा १८औँ गाउँसभामा आठवटै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हिउँदे अधिवेशनको सञ्चालन योजना शाखा प्रमुख वीरेन्द्र महतोले गर्नुभएको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय