लागु औषधको हव बन्दै मकवानपुर ११ महिनमा ११४ कारोवारी पक्राउ

पछिल्लाे समाचार

हेटौंडा–लागुऔषध कारोबारमा संलग्न तथा पक्राउ पर्नेमा मकवानपुरमा धेरैको संख्यामा अभियुक्त प्रहरीले पक्राउ गर्दै आएको छ । मकवानपुरको कैलाश, राक्सिराङ, थाहा नगरलगायतका अभियुक्तहरु लागुऔषध कारोबारी तथा तस्करको आरोपमा समातिदै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बीरगञ्ज नाका हुंदै छिमेकी मुलुक भारतमा लागुऔषध तस्कर गर्नेहरुको मुख्य बाटोको रुपमा रहेको मकवानपुरका बाटोमा रहेका प्रहरी कार्यालयबाट खटिएका टोलीले लागुऔषध तस्करहरुलाई नियन्त्रणमा लिने गरेका छन् ।
मकवानपुर प्रहरीले लागुऔषध गांजासहित बुधबार पनि ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम लोकमार्ग सडकखण्डअन्तर्गत् हेटौंडा–१५, रातोमाटे बाट १ सय ६९ किलो गांजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत मोतिहारी बस्ने ३० वर्षीय रवीन्द्र राय र सोही ठाउं बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार बुधबार विहान १०ः४५ बजे हेटौंडाबाट बारातर्फ जांदै गरेको बीआर ०१ जीजी ९४९५ नम्बर भारतीय ट्रक चेक गर्दा गाडीमा लुकाइल्याएको उक्त परिणामको गांजा बरामद भएपछि गाडीचालक राय र सहचालक सैफिक पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक रिमालले जानकारी दिए ।
प्रहरीले पूर्वपश्चिम लोकमार्ग सडकखण्डअन्तर्गत् हेटौंडा–१९, नेवारपानी ४० किलो गांजा र गाडीसहित एक जनालाई पक्राउ गरेको छ । मनहरीबाट हेटौंडा आउंदै गरेको ना. ६ ख ३७४१ नम्बर कन्टेनर चेक गर्दा गाडीमा लागुऔषध गांजा फेला परेको हो । पक्राउ पर्नेमा गाडीका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर–४ बस्ने १९ वर्षीय दीपक गुरुङ छन् । उनलाई गांजा र गाडीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक रिमालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०७७–०७८ को जेठ मसान्त अर्थात् ११ महिना अवधिमा लागुऔषध कारोबारी १ सय १४ जनालाई पक्राउ गरेको जनाइएको छ । १ सय १३ नेपाली नागरिक पक्राउ परेका छन् भने एक भारतीय नागरिक पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ हजार ५० किलोग्राम गांजा, चरेश २२ किलो १५ सय ५८ ग्राम, खैरोहेरोइन १४ ग्राम, अफिम १४ किलो ७ सय २० ग्राम, नाइट्रोभेट ट्याब्लेट ५ हजार ६ सय ७२, डाइजेपाम ट्याब्लेट २ सय ९५ र क्लोरेक्स् २ सय ७९ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आव सुरु भएदेखि साउनमा ८ पुरुष र १ महिला गरी ९ जना लागुऔषध कारोबारीलाई जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त महिना गांजा ७ किलोग्राम, चरेश १२ किलोग्राम, नाइट्रोभेट ६ सय पिस र कोरेक्स १ सय ९५ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।
भदौमा २ जना पक्राउ परेका थिए । १६ किलोग्राम गांजासहित १ महिला र १ पुरुषलाई पक्राउ गरेर कारबाही गरिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । असोजमा ७ पुरुष र २ महिला गरी लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरिएको हो । उक्त लागुऔषध कारोबारमा संलग्न रहेकाको साथबाट १ सय ७१ किलोग्राम गांजा, चरेश १० किलो ६ सय ग्राम, नाइट्रोभेट ट्याब्लेट ८ सय ७० बरामद भएको प्रहरीले जनाएको छ ।
कार्तिकमा १ महिलागरी १० जनालाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको थियो । जिल्लाका बिभिन्न स्थानमा भएको चेकका क्रममा उनीहरुको साथबाट ८० किलोग्राम गांजा र नाइट्रोभेट ट्याब्लेट १ हजार ८ सय ५८ पिस र कोलेक्स २८ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।
मंसिरमा जिल्लाका बिभिन्न स्थानबाट ४ पुरुषलाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुको साथबाट गांजा ८१ किलो ४ सय ग्राम, नाइट्रोभेट ट्याब्लेट १२ सय पिस बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ । पुसमा १४ पुरुषलाई पक्राउ गरिंदा १ सय ७६ किलो ४ सय ग्राम गांजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । माघमा ८ पुरुष लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । उनीहरुको साथबाट २५ किलोग्राम लागुऔषध गांजा र नाइट्रोभेट ट्याब्लेट ३ सय ४४ पिस बरामद गरिएको थियो ।
फागुनमा १ महिलासहित १३ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट लागुऔषध गांजा ६ सय १५ किलो ७ सय ग्राम, खैरोहेरोइन ९० ग्राम, अफिम १३ किलो १ सय २० ग्राम, नाइट्रोभेट ट्याब्लेट १ सय ४ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चैतमा २२ पुरुषलाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ । उनीहरुको साथबाट ३८ किलो १ सय २५ किलोग्राम गांजा, खैरोहेरोइन १२ ग्राम, अफिम १ किलो ६ सय ग्राम र नाइट्रोभेट ट्याब्लेट २ सय ४ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।
बैशाखमा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न २ महिलासहित ९ जनालाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट ६० किलो ३ सय २० ग्राम गांजा, चरेश ३ सय ९० ग्राम र नाइट्रोभेट ट्याब्लेट ४ सय ९२ बरामद गरिएको थियो । जेठमा १५ पुरुष लागुऔषध कारोबारीलाई पक्राउ गरिएको तथ्यांक छ । उनीहरुको साथबाट १ सय १२ किलो ३ सय ग्राम गांजा, खैरोहेरोइन १४ ग्राम र कोलेक्स ५ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय