०८ चैत,एजेन्सी — अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको थियो । अफगानिस्तानमा भूकम्पबाट कम्तीमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
पाकिस्ताको हिन्द् कुश क्षेत्रमा भूकम्पको तीव्रता ६.८ म्याग्नच्यिुड रहेको पाकिस्तानी मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पले इस्लामाबाद लाहोर र पेशावरलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । पाकिस्तानमा कम्तीमा २ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली‚ राजस्थान र जम्मुकश्मिरमा समेत महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ । भूकम्पले सीमा क्षेत्र ब्रगलादेशका केही भूभागमा पनि असर परेको बताइएको छ । मंगलबार रातिको उक्त भूकम्पको धक्का ३० सेकेन्डसम्म महसुस गरिएको थियो ।