रामा यादव पत्रकारिता पुरस्कार २०८० बाट प्राईम टेलिभिजनका सिर्जना कार्की सम्मानित

पछिल्लाे समाचार

२९ बैशाख,रौतहट। रौतहट जिल्लाको पहिलो टेलिभिजनको रुपमा स्थापित भएको रेड टेलिभिजनकी संस्थापक स्वर्गीय श्रीमती रामा देवी यादवको पूण्यतीथिको अवसरमा “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट प्राईम टेलिभिजनका संचारकर्मी सिर्जना कार्की सम्मानित भएकी छिन ।
श्रीमती रामा यादव स्मृति प्रतिष्ठानद्धारा विहिवार सदरमुकाम गौरमा अवस्थित रेड टेलिभिजनको सभा हलमा आयोजित एक कार्यक्रम बीच आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा पत्रकार कार्कीलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेका छन ।

यसैगरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पोखराको पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई आजै उक्त कार्यक्रममा नगद प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रेड टेलिभिजनका संचालक जयप्रकाश यादवले जानकारी दिए ।२६ हजार ५ रुपैया राशीको उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने महिला पत्रकारलाई टेलिभिजनले पुरस्कृत गर्दै आएको छ ।

रामा यादव स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउन अथक प्रयास गरेका बताउनु भएको थियो ।

रामा यादव स्मृति प्रतिष्ठानका संयोजक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा, वरिष्ठ पत्रकार प्रभातकुमार झाले आम संचारकर्मीहरुले भोग्नु परेको पीडालाई पोख्दै कोभिड कालको समयमा भएको क्षतिहरुको हाल सम्म राज्यबाट उचित सम्बोधन हुन नसकेको बताए ।

पुरस्कार बितरण कार्यक्रममा नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रविण शर्मा, सचिव मदन ठाकुर, पत्रकारहरु दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झा लगायत उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय