कोलकाताले चेन्नई सुपर किंग्सलाई हरायो ,प्लेअफको झिनो सम्भावना कायमै

पछिल्लाे समाचार

०१ जेठ,सिमरा : इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सलाई कोलकाता नाइटराइडर्सले उसकै मैदानमा पराजित गर्दै प्लेअफको झिनो सम्भावना कायम राखेको छ।राति भएको खेलमा कोलकाताले चेन्नईलाई उसकै मैदानमा ६ विकेटले पराजित गर्दै प्ले अफ सम्भावना कायम राखेको हो। कोलकाताले चेन्नईलाई ११ वर्षपछि उसको मैदानमा हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रनमात्रै बनाएको थियो। उसका लागि शिवम् दुवेले ४८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रवीन्द्र जडेजाले २० रन जोड्दा डेभन कनवेले ३० रन बनाए। त्यस्तै अजिंक्य रहाणेले १६ तथा ऋतुराज गाइकवार्डले १७ रन बनाएका थिए। चेन्नईलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका वरुन चक्रवर्ती र सुनल नारेनले २-२ विकेट लिएका थिए।

१ सय ४५ रनको लक्ष्य पछ्याएको कोलकाता खराव सुरुवातका बाबजुत ९ बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पूरागर्न सफल भयो। उसका लागि कप्तान नितिश रानाले ५७ रनको अविजित इनिङ खेल्दा रिन्कु सिंहले ५४ रन बनाए। ३३ रनमा तीन विकेट गुमाएर दबाबमा परेपनि कोलकाताले त्यसको मुल्य चुकाउनु परेन।

कोलकातालाई हराउँदै प्लेअफमा पुग्ने सपना चेन्नईको तत्काल पुरा नभएपनि १३ खेलबाट १५ अङ्कका साथ चेन्नई दोस्रो स्थानमा कायम छ। त्यस्तै कोलकाता पनि १३ खेलबाट १२ अङ्कका साथ सातौं स्थानमा रहेपनि प्लेअफको सम्भावनालाई कायम राख्न सफल भयो।

spot_imgspot_img
spot_img

लोकप्रिय