बारामा तेल ट्यांकरको ठक्कर बाट एक जना प्रहरी जवानको मृत्यु

पछिल्लाे समाचार

०४ बैशाख, सिमरा : बारामा तेल ट्यांकरको ठक्कर बाट एक जना प्रहरी जवानको मृत्यु भएको छ ।जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २ सिमरा स्थित नेपाल टेलिकम नजिक तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा सोमबार राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले दिएको थियो ।त्यसतै चैत २३ गते राति ड्युटीमा रहेको बेला जीतपुरसिमरा उपमहानगर-२१ अमलेखगंजमा बसले ठक्कर दिदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको थियो ।रातमा बसलाई चेंक जांच गर्ने क्रममा बसले ठक्कर दिदा प्रहरी जवान मुन्तुन यादवको घटना स्थलमै मृत्यु भएको थियो ।बारामा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बढ्दै गए पनि ट्राफिक प्रहरीले न्यूनीकरण गर्न सकेको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय