पथलैया बाट रुट परमिट जाँच र नबिकरण लगाएतको सेवा सुरु हुने :मुख्य मन्त्री यादव

पछिल्लाे समाचार

१५ बैशाख । अखिलेश कुमार यादव । बारा : श्रावन देखि बाराको पथलैया बाट रुट परमिट जाँच र नबिकरण लगाएतको सेवा सुरु हुने भएको छ ।तराई यातायात व्यवसायी संघको १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यातायात व्यवसायीहरुको सहजताको लागि श्रावन देखि पथलैया बाट नै रुट परमिट जाँच र नबिकरण लगाएतको सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नु भयो ।शुक्रबार सिमरा स्थित होटेल क्लासिक प्लाजामा तराई यातायात व्यवसायी संघको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

त्यस्तै मुख्य मन्त्री याद्वाले अर्को प्रशंगमा बोल्दै मधेश प्रदेशमा आएका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र संघका कर्मचारीले मधेश प्रदेशमा लुट्ने र खाने काम मात्र गरेको आरोप लगाउनु भयो । सबैभन्दा बढी बदमासी प्रशासनबाट भएको हुन्छ जुन संघीय सरकारको हो, उनीहरु मधेशमा पैसा लुट्ने र खाने मात्र गर्छन तर काम गर्न र जनताको सेवा दिन भने नआएको मुख्य मन्त्री यादवले दावी गर्नुभयो । मुख्यमन्त्री यादवले यहाँका जनताको सरकार भनेको मधेश प्रदेश सरकार रहेको हुदाँ यहाँका जनताको विकासका निम्ती मधेश सरकाललाई सहयोग गर्नुपर्ने बताए । उनले केन्द्रका प्रतिनिधीहरुले मधेश सरकारलाई उपेक्षा गर्ने गरेको आरोप छ।

देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने र संघीयता ल्याउनसमेत मधेशको महत्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताए । मधेशले अधिकार बिनाको संघीयता अपनाउनु परेको भन्दै उहाँले गुनासोसमेत गर्नुभयो ।तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा संघीय सांसद किसान श्रेष्ठ,अच्युत मैनाली, मधेश प्रदेशको यातयात मन्त्री बेची लुइङ्गेल,मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारि लगाएतले शुभकामना मन्तब्य राखेको थियो ।

तराई यातायात व्यवसायी संघको १७ औं बार्षिक साधारण सभामा बोल्दै ट्रक यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले भारतीय गाडीको बिगबिगिको कारण नेपालका यातयात व्यवसायीहरु समस्यामा परेको बताउनु भयो ।ट्राफिकले बेलाबेलामा अनावश्यक दुख दिने गरेको कारण अहिले यातयात व्यवसायीहरु झन् संकटमा परेको र यस्ता समस्यालाई समाधान गर्नको लागि संघीय सांसद र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानआकर्षण हुनु आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।देशभित्र मालसामान ओसारपसार तथा राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्ममा ढुवानीका लागि प्रयोग हुँदै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको छ ।तराई यातयात व्यवसायी संघको १७ औं साधारण सभामा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय