अखिलेश कुमार यादव। २४ जेठ , बारा : महिला हिंसा तथा मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको छ ।बिहिवार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिका वडा न -७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले महिला हिंसा तथा मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।समाजमा दिनानुदिन महिला हिंसा तथा मानव अधिकार सम्बन्धि घटना बढिरहेको बेला जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ ले आफ्नो वडा स्तरीय बजेट बाट महिला हिंसा तथा मानव अधिकार रोकथामको लागि जनचेतनामूलक कार्यक्रम संचालनमा ल्याएको छ ।
जेठ २४ गते देखि सुरु भएको महिला हिंसा सम्बन्धि जनचेतनामुल्क कार्यक्रम जेठ ३२ गते सम्म संचालन हुने छ ।फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालय बाट सुरु भएको जनचेतनामुल्क कार्यक्रम जीतपुर मदर्सामा समेत संचालन हुनेछ ।महिला हिंसा तथा मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनिल कुमार गुप्ताले महिला माथि हुने हिंसा लैंगिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक हो । महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेकोले महिला हिंसा विरुद्ध अवाज उठाउनु आवस्यक रहेको बताउनुभयो ।
त्यस्तै उहाँले जीतपुरसिमरा उपमहानगरपालिका भित्र विद्यालयमा पढन न आउने बालबालिकाको घरमै पुगेर जनचेतना जगाउने र अभिभावकलाई शिक्षाको महत्व बारे जनचेता फैलाउने कार्यक्रम अगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता गर्नु भयो ।महिला हिंसा तथा मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रममा वक्ताहरुले महिला माथी हुने हिंसा समाजमा बढदै गएको हुनाले महिला माथी हुने हिंसालाई सबैले मिलेर बाहिर ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।
महिला सरोकार मञ्च र लक्ष्य प्राप्ति महिला संस्थाको सन्युक्त आयोजनामा महिला हिंसा तथा मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालनमा आएको छ ।महिला सरोकार मञ्चकि अध्यक्ष देवि सापकोटाकि सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथीमा जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष सुनिल कुमार गुप्ता रहनु भएको थियो ।कार्यक्रममा जीतपुर स्वास्थ्य चौकिका प्रमुख सुजल अधिकारीले छात्राहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
उक्त उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका ७ कि वडा सदस्य सीता उप्रेती ,ललिता देवि पासवान,नुरुल अन्सारी ,फकिरा गिरि राजेश्वर गिरिका प्रअ राजु सिंह ,लक्ष्य प्राप्ति संस्थाकि अध्यक्ष भागवत चौधरी,समाजसेवी आयुब आलम,अफताब आलम लगाएतको उपस्थिति रहेको थियो ।