जगदम्बा स्टील र हुलास स्टीलको लाईन काटियो

पछिल्लाे समाचार

२८ असाढ, बारा : नेपाल विद्युत प्राधिकरणले बिहीबार जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिदिएको हो । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराले मन्त्री परिषदको निर्णय अनुसार बाराका २ वटा ठूला उधोगको लाइन काटेको बताएको छ ।

असार १० गते १५ दिन भित्र जगदम्बा स्टील र हुलास स्टीललाई पत्र पठाएर बाकि रहेको बिधुत मासुल तिर्न भने पनि प्राधिकरणले दिएको समयमा बिधुत महसुल तिर्न नसके पछि जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिएको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीले बताए ।जगदम्बा स्टीलले नेपाल बिधुत प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३व हजार १ सय २५ रुपैयाँ बिधुत महसुल तिर्न बाँकी रहेको छ ।त्यस्तै हुलास स्टीलले १४ करोड १२ लाख ५ हजार ८ सय ६२ रुपैयाँ बिधुत महसुल तिर्न बाँकी रहेको नेपाल बिधुत प्र्ताधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।

प्राधिकरणका अनुसार यो कम्पनीको १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता छ । यो बक्यौता रहेका ५६ उद्योगमध्येको सबैभन्दा धेरे हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय