जीतपुरसिमराको हाकिमको सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन आदेश

पछिल्लाे समाचार

०९ श्रावण । बारा– बाराको जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले बुधबार अल्पकालिन आदेश दिएको छ । मापदण्ड विपरित सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मंगलबार सर्वोच्च अदालतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरुद्ध रिट दायर गरेकी थिईन् ।

रिटको सुनुवाई गर्दै बुधबार एकल इजलासले उत्प्रेषणको आदेश दिएको हो । दुई महिना अघि बैशाख २८ गते  जीतपुरसिमरा उपमहानगरपालिका आएकी उर्मिला काफ्लेलाई मन्त्रालयले सरुवा गर्दै चेतकुमार पोखरेललाई पठाउने गरि पत्र पठाएको थियो । उपमहानगरपालिकाको १० औं नगर सभामा प्रमुख प्रशासकीय अधिकृत काफ्ले खेलेको भूमिकालाई लिएर जीतपुरसिमरा  जनप्रतिनिधि असन्तुष्ट छन् । उनीहरुले सरुवा सत्ताको शक्ति प्रयोग गरेर काफ्लेको सरुवा गराएका थिए ।उनको सरुवा विरुद्ध मेयर राजन पौडेलले मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत पत्रचार गर्दै निर्णय बदर गराउन माग गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका अहिले लथालिङ्ग ब्स्नेको छ ।एका तिर बहूमत भएको सदस्यहरु छन भने एकातिर नगरप्रमुख बिना बहूमतको छ ।नगरप्रमुखले ल्याएको नीति तथा कार्यक्रम लागू नहुन दिने अडानमा बहूमतका सदस्यहरु छन भने नगरप्रमुखले जनताको माझ गएर भए पनि १० औं  नगरसभा बाट ल्याएको नीति तथा कार्यक्रम कार्न्यवयन गर्ने अडानमा छ। यता जनताहरुले सबै जनप्रतिनिधि हातेमालो गरेर जीतपुरसिमराको बिकाश गर्नु पर्नेमा जनप्रतिनिधिहरुलाई जोड दिन आग्रह गरिरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय