लागूऔषध गाँजा तथा चरेससहित पर्सा बाट ३ जना पक्राउ

पछिल्लाे समाचार

१३ श्रावन ,पर्सा — सशस्त्र प्रहरीले छुट्टा-छुट्टै स्थानबाट तीन भारतीय नागरिकलाई लागूऔषध गाँजा तथा चरेससहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका -१ बनकटवामा चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकल र चालकको खानतलासी गर्दा भारतीय मोटरसाइकलको डिक्की र सिट कभरमुनि लुकाई छुपाई ल्याएको १२ किलो चरेस बरामद भएको थियो ।

मोटरसाइकल चालक भारत बिहारका १८ वर्षीय कुन्जन कुमार महतोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पोखरियाका डीएसपी विक्रममणि अधिकारीले बताए ।त्यस्तै, शनिवारै जगरनाथपुर गाउँपालिका-२ दसौता बोर्डर ईलाकाबाट नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ बीजे ३८९५ नम्बरको मोटरसाइकलमा सवार २ जना भारतीय नागरिकहरुलाई चेकजाँच गर्दा उनीहरुको झोलाबाट ४ किलो प्रतिबन्धित लागूऔषध गाँजा भेटिएको थियो ।

सशस्त्र प्रहरीले विहारको मझरिया जमुनिया-४ का ३२ वर्षीय सुरेश साह र मोटरसाइकलमा सवार भारत विहार पश्चिम चम्पारण तेलुवा-६ का ३१ वर्षीय सुगान्ती मलाहालाई पक्राउ गरेको छ । उनीहरुलाई पनि गाँजा र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय