बाघ दिवसको अवसरमा ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ बिषयक अन्तरक्रिया

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।१४ श्रावन बारा : हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ भन्ने मूल नाराका साथ विश्व बाघ दिवस–२०२४ मनाइएको हो। पर्सा राष्ट्रिय निकुञ्जले पनि एक कार्यक्रमको आयोजना गरेर बाघ दिवस मनाएको छ ।निकुञ्जले सोमबार कार्यालय परिसर भित्र विश्व बाघ दिवस मनाएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका छन् । संख्या बढ्दै जांदा उपयुक्त वासस्थानको खोजीमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुंदा त्यसले मानविय क्षति पुर्याउने गरेको भन्दै उनीहरुले उपयुक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न सुझाव दिएका हुन् ।

पर्सा राष्ट्रिय निकुञ्जले बाघ दिवसको अवसरमा आयोजना गरेको मानव बाघ सहअस्तित्व र सम्वृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मानव र वन्यजन्तुको द्वन्द कम गर्न ‘बाघ–मित्र मधेश–अभियान’को बारामा सोमवार देखि सुरु भएको उद्घोष गरे ।बाघ–मित्र मधेश–अभियान’को उद्घोष गर्दै मुख्यमन्त्री सिंहले आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर पर्सा निकुन्जमा पर्यटन क्षेत्रमा लगानी गर्न आफूले उत्प्रेरित गर्ने पनि प्रतिबद्धता समेत जनाएका छन ।

आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर मधेश प्रदेश सरकारले निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी गरीरहेको मुख्यमन्त्री सिंहले कार्यक्रममा जानकारी गराए । ‘बाघ–मित्र मधेश–अभियान’ संचालन गर्न परियोजना प्रस्ताव गरी पेश गर्न मुख्यमन्त्री सिंहले निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरिएको बताए । नवगठित कार्यदलमा डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंह र डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण सदस्य रहेको उनले जानकारी र्दिए ।

विश्व बाघ दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज मुख्यालय आधाभारमा सोमवार आयोजित मानव बाघ सहअस्तित्व र सम्वृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पछिल्लो केही वर्षयता नेपालमा बाघको संख्यामा बृद्धि भएपनि संरक्षणमा चुनौति देखिएको बताए । जंगलको वरिपरि बस्ती रहेपनि उनले वनको उपयोगमा प्रतिबन्ध लगाउँदा स्थानीय जनतामा समस्या देखिएको धारणा राखे । उनले वनको स्रोतको उपयोग गर्दै राष्ट्रलाई समृद्ध गर्न सकिने भएकाले त्यसलाई उचित व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिए ।

त्यस्तै नगर प्रमुख पौडेलले ‘पर्सा निकुञ्जमा पर्यटक भित्रियाउन आफुले लगानी गर्न अगाडी सर्दा पनि कानुनी वाधा अडचनको कारण काम गर्न सकिन,’ उनले भने, ‘सफारी गाडीमा अनुदान दिने आफ्नो योजना पनि विफल भयो ।’ योजना विफल भएसंगै यहाका पर्यटन व्यवसायी समेत निरुत्साहित भएको उनले बताए ।पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय स्थल बनाउनमा उपमहानगर सधै तयार रहेको उनले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जमा अहिले ४१ वटा बाघ रहेको र यस बर्ष ५ वटा बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले कार्यक्रममा सहभागी भएकाहरुलाई जानकारी गराए ।खतिवडाले निकुञ्जले बाघ संरक्षणको लागि गर्दै आएको कार्यक्रमबारे प्रस्तुतीकरण गरेको थियो ।बाघ र मानव बीचको द्वन्द हटाउनको लागि सबैले अ-आफ्नो ठाउँ बाट सहयोग गरे मात्र बाघको संख्यामा उल्लेख्य ब्रिशी हुने समेत निकुञ्ज प्रमुख खतिवडाले बताए ।उक्त अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख बिनोद सिंहले स्वागत मन्तब्य राखेको थियो ।बाघ दिवसको अवसरमा पर्सा रास्ज्त्रिया निकुञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले बाघलाई संरक्षण गर्नको लागि निकुन्जले वन आसपास बस्ति भएको क्षेत्रमा जनचेतनामुलक संदेश प्रवाह गर्ने खालको कार्यक्रमको आयोजना गर्नु आवश्यक रहेको बताए ।

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ ।

उक्त कार्यक्रममा राधा कृष्ण मध्यवर्ती सामुदायिक वन सिमराका अध्यक्ष सत्य श्रेष्ठ,मुसहर्नियमाई सामुदायिक वनका अध्यक्ष कुबेर न्यौपाने,जनजागरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष इश्वोरी प्रताप लामा, जीतपुरसिमरा नगर ऊधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछाने लगाएतको उपस्थिति रहेको थियो ।मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष सिताराम अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवम संरक्षण अधिकृत सन्तोष भगतले संचालन गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय