सुत्केरी महिलालाई स्याहार खर्च स्वरुप ५ हजार पोषण भत्ता वितरण

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। १८ श्रावन।बारा ।जीतपुरसिमरा उपमहानगरपालिका १४ मा सुत्केरी महिलाहरुलाई पोषण भत्ता वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष चयन गुरुङ्गले आफ्नो वडाका सुत्केरी महिलाको लागी पोषण भत्ता वितरण गरेकी हुन् । उनले सुत्केरी महिलाकाे स्याहार खर्च स्वरुप वडाबाटै रकम विनियोजन गरी वितरण गरेकाे बताइन्  ।

बिषेशगरी वडामा दलित, विपन्न र अल्पसंख्यक लगाएतका जाती/जनजातीहरुमा आर्थिक अवस्था विपन्न भएका कारण सुत्केरी महिलाहरुको स्याहार र पोषण नपुगेको भन्दै वडा कार्यालयले सुत्केरी संरक्षण कार्यक्रम संचालन गरेको हो ।जीतपुरसिमरा उपमहानगरपालिका-१४ को कार्यालयले सुत्केरी महिलाहरुलाई पोषण रकम वितरणका लागि आवेदन नै माग गरेकाे थियो  । 

वडामा आवेदन दिएका ७० जना सुत्केरी महिलाहरुले नगद ५ हजारका दरले पोषण भत्ता रकम प्राप्त गरेका छन् । यो रकम पाएसंगै वडाका सुत्केरी महिलाहरुले न्युनतम सुत्केरी अवस्थामा आफ्नो र सन्तानको लागि पोषणयुक्त खानेकुराको बन्दोवस्त गर्न सक्ने भए पछि सुत्केरी महिलाहरु खुशी भएकी हुन । शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जीतपुरसिमरा उपमहानगरपालिका-१४ रजघट्टा वडा कार्यालयले ७० जना सुत्केरी महिलालाई स्याहार खर्च स्वरुप ५ हजार पोषण भत्ता वितरण गरिएको वडा सचिव रन्जु अधिकारीले बताईन।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको वडाध्यक्ष गुरुङले बताईन।सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको वडाध्यक्ष चयन गुरुङले बताईन।जीतपुरसिमरामा रहेका २४ वडाहरुको एक मात्र महिला उम्मेद्वार मगरले आफ्ना वडामा विभिन्न खाले समाज र नागरिक लक्षित कार्यक्रम संचालन गरिरहेकी छिन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय