३० मंसिर ।बारा : जीतपुर रेडिमेड ब्यवसायी संघको अध्यक्षमा सन्जय श्रेष्ठ सर्वसहमत चयन भएको छ ।आइतबार जीतपुर रेडिमेड ब्यवसायी संघको भेला बाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरिएको छ ।
जीतपुर रेडिमेड ब्यवसायी संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र गुप्ता ,सचिवमा कृष्ण पौडेल , कोषाध्यक्षमा प्रकाश राज रौनियार र सहसचिवमा सनम बहादुर क्षेत्री सर्वसहमत नयाँ कार्यसमिति गठन गरिएको छ ।सदस्यहरुमा सुदिस साह कलवार , शुभनारायण रौनियार ,समीर अन्सारी ,सन्तोष रौनियार ,संगम बहादुर क्षेत्री , नजामुदिन अन्सारी , मैयाँ पौडेल, बिकाश गिरि रहेका छन ।
जीतपुर रेडिमेड व्यवसाये संघको भेलालाई सम्बोधन गर्दै जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका महासचिव प्रकाश गिरि हिजोको व्यवसाय र आजको व्यवसायमा तुलना गर्न नमिल्ने बताउदै समय अनुसार व्यवसायमा सुधार गर्दे अगाडी बढनुपर्ने बताए ।गिरिले अहिलेको अवस्थामा व्यवसायलाई मुनाफा कमाउनु भन्दा नि व्यवसायलाई कसरी बचाउने भन्ने पिरोलो रहेको बताउदै व्यवसायमा समय अनुसार नयाँ नयाँ चुनौतीहरू आउने बताउदै नयाँ नयाँ रणनितिका साथ व्यवसायलाई अगाडी बढाउनुपर्ने बताए ।जीतपुर रेडिमेड ब्यवसायी संघले प्रत्येक महिनाको ०१ गते हरेक रेडिमेड पसल बन्द गर्ने निर्णय गरेको छ ।