करैयामाई गाउँपालिकामा ४ दिने निःशुल्क आँखा जाँच शिविर सुरु

पछिल्लाे समाचार

महेन्द्र सहनी।२३ चैत्र।कलैया : बाराको करैयामाई गाउँपालिकाको आर्थिक सहयोग तथा नागरिक महासंघ नेपालको आयोजनामा आज शुक्रबारदेखि ४ दिने निःशुल्क आँखा परीक्षण शिविर सुरु भएको छ। शिविरको उद्घाटन करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

उद्घाटन समारोहमा बोल्दै महतोले आँखालाई शरीरको अति संवेदनशील, महत्वपूर्ण र अभिन्न अंग भएकोले यसको हेरचाह गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो। उहाँले समय समयमा आँखा परीक्षण तथा उपचार आवश्यक हुने भन्दै यस्ता जनस्वास्थ्य शिविरहरूको प्रचारप्रसार व्यापक रूपमा गर्नुपर्नेमा जोड दिनुभयो।शिविर सेवा किरण आँखा अस्पतालको प्रविधिक सहयोगमा सञ्चालन भएको हो। पहिलो दिनमा ६१ जनाले आँखा जाँच गराएका थिए, जसमा १५ जना मोतियाविन्दका बिरामी भेटिएका छन्। अन्य बिरामीमा आँखा पाक्ने, रातो हुने, र आँखाबाट पानी बग्ने समस्या देखिएको छ। प्राविधिकहरूले यस्ता समस्याबाट जोगिनका लागि चर्को घाममा बाहिर ननिस्कन, निस्कनुपरेमा कालो चस्मा प्रयोग गर्न, र सकेसम्म चिसो स्थानमा बस्न सुझाव दिएका छन्।

शिविरको दोस्रो दिन भोलि तेतरिया स्वास्थ्य चौकीमा, तेस्रो दिन (२४ गते) उमजन स्वास्थ्य चौकीमा, र अन्तिम दिन (२५ गते) नरही स्वास्थ्य चौकीमा आयोजना हुने जानकारी करैयामाई स्वास्थ्य शाखाका प्रमुख अमरेन्द्र कुमार गुप्ताले दिनुभयो। शिविरमा किरण आँखा अस्पतालका प्राविधिकहरू पुष्पा साराफ, सुजात गिरी, फील्ड इञ्चार्ज चान्दन सहनी, फील्ड सहायक रामबाबु चौरसिया र कमलेश कुमार लगायतले सेवा प्रदान गरेका छन्।

कार्यक्रमको अध्यक्षता सहयोगी संस्था नागरिक महासंघ नेपालकी अध्यक्ष नेहा गिरीले गर्नुभएको थियो भने सञ्चालन हरैया स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र चौधरीले गर्नुभएको थियो।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय