करैयामाई गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, ४३ करोड ७२ लाखको बजेट सार्वजनिक

पछिल्लाे समाचार

०४ असार ,कलैया : बाराको करैयामाई गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा आयोजित गाउँसभामा विभिन्न विधेयक,ऐन, नियम,कार्यविधि र गाउँकार्यपालिकाले गरेका निर्णयहरु माथि पछि छलफल गरिने सभा मार्फत अनुमोदन गरिएको हो । करैयामाई गाउँपालिकाको अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सुनैना देवी चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष शम्भु यादवले आगामी वर्षका लागि नीति, कार्यक्रम प्रस्तुत गरेका छन् । सभामा अध्यक्ष शम्भु यादवले उपाध्यक्ष सुनैना देवी चौधरीलाई बजेट पुस्तिका हस्तान्तरण गरेका थिए ।अध्यक्ष यादवले निति तथा कार्यक्रमअन्तर्गत आर्थिक विकास, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सृजना, उत्पादशील क्षेत्र विकास निर्माण कायलार्ई सामाजिक जनजिवनमा थप क्षति हुन नदिई सुचारु गरी तीव्रता दिइने जानकारी दिए । साथै स्वास्थ्य, शिक्षा लैङ्गिक समानता एवम् अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरिय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशिल सामाजिक जीवनको स्थापना गरिने प्रस्तुित गरे ।अध्यक्ष यादव द्वारा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले किसानहरूलाई प्रविधियुक्त कृषि प्रणालीमा लैजान विशेष कार्यक्रम ल्याउने बताइएको छ। गाउँ सभा अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले निति कार्यक्रम तथा बजेटअन्तर्गत वर्षभरी गरिने विकास कार्य योजनाको साथै विभिन्न जनमुखी योजनाहरु जनताको आधारभूत आवश्यकता, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायत विभिन्न कार्यहरूलाई प्राथमिकताको सूचीमा राखिएको बताए । सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण करैयामाईको आधार’ भन्ने नारासहित बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत महतोले बताए ।संघीय सरकारबाट समानिकरण अनुदान ९ करोड ७४ लाख,सशर्त अनुदान चालु १५ करोड ९८ लाख,सशर्त अनुदान पूंजिगत ७३ लाख,विषेश अनुदानमा पूंजिगत ७८ लाख,समपुरक अनुदान २ करोड ८८ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ६७ लाख ९२ हजार,सशर्त अनुदान ८० लाख,विषेश अनुदान ३० लाख समपुरक अनुदान २० लाख र सवारी साधन राजस्व बाँडफाड ४८ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ । त्यस्तै गाउँपालिकाको आन्तरिक श्रोतहरुबाट ६५ लाख ९५ हजार ३ सय रुपैयाँ,मालपोत रोयल्टी ३० लाख रुपैयाँ बराबर जुटाउने जनाएको छ ।गाउँसभामा ,८ वटै वडाका वडाध्यक्ष जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सरोकारवालाको उपस्थिति रहेको थियो।सभामा स्थानीय विकास, पूर्वाधार निर्माण, युवा तथा महिला सशक्तिकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षणलगायत विषयमा पनि कार्यक्रम समेटिएको जानकारी दिइएको छ।गाउँपालिका नेतृत्वले आगामी वर्ष विकास र सेवा प्रवाहमा जनअपेक्षा अनुरूप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय