सर्लाहीमा लाख धनराशी पुरस्कारको प्रदेश स्तरीय टि-२० मेयर कप सुरु

पछिल्लाे समाचार

सर्लाही,पुस ४ गते
एक लाख धनराशी पुरस्कारको प्रदेश नं २ स्तरीय तेस्रो  मेयर कप क्रिकेट  प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सुरु भएको छ।

उक्त प्रतियोगितामा प्रदेश नं २ का ८ जिल्ला र घरेलु जिल्ला सर्लाहीका १० वटा टोलीले सहभागीता जनाएका  छन्।उक्त प्रतियोगिता १५ दिनसम्म चल्ने आयोजक संस्था ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिएको छ ।
ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट  प्रतियोगिताको आज(आइतवार)ईश्वरपुर नगरपालिका स्थित खेल मैदानमा एक समारोहका बीच मेयर मनोज देवकोटाले उद्घाटन गरेका हुन्।
आज भएको उद्घाटन खेलमा सर्लाहीको सिसौटियालाई हराउँदै  महोत्तरी टिम विजेता बनेका छन् । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी उपमेयर एकावती देवी चौधरी लगायत अतिथीहरु १ देखि १५ न.वडाका वडाध्यक्ष तथा नगरकार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । 
प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष मिकरानीले जनाएको छ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय