सुरक्षाकर्मी र ट्राभल्सहरू मिलेरै विभिन्न बहानामा पैसा असुल्ने गरेको गुनासो

पछिल्लाे समाचार

 कपिलवस्तु , असोज १३

 दशैँ मनाउन घर फर्किनेको यतिखेर कृष्णनगरमा लर्को लागेको छ । भारतको विभिन्न शहरमा रोजगारिको लागि गएका कपिलवस्तु, गुल्मी, अघाँखाची, पाल्पा, बैतडी, दार्चुला ,प्युठानका मानिसहरू दशैँ मनाउन घर फर्कन थालेपछि गाँउघरमा रौनक तथा चाहल पाहल बढेको छ ।

दशैँ मनाउन घर फर्किने क्रममा दुबै देशका सुरक्षा निकायले चेकजाँचको क्रममा उनीहरुलाई दुख दिँदै दशैँ खर्च उठाउदै आएका छन् । वर्षभरी दुःख कष्ट गरी घर खर्च र चाडपार्वका लागि केहि लत्ता कपडा ल्याउँदा भारतको कस्टम पुलिस, नेपालको लिङ्गगेट स्थित नेपाल प्रहरीले चेकजाँचको नाममा दुख दिँदै आएका छन् ।

कृष्णनगर नाका हुँदै घर फर्किन लागेका प्युठान घर भएको १ जना यात्रुले चाडपर्वमा सधै दुख भएको बताउँदै । बर्डरमा भारतीय पुलिसले नेपालमा नेपाली पुलिसले पैसा लिने गरेको बताए । उनले भने, प्रहरीले पैसा नखाई छोडदैन्न हामीले अरु के गर्न सक्छौँ यस्तै छ हाल ।

यस्तै अर्घाखाँची, गुल्मी, पाल्पा, वैतडी लगायतका यात्रुहरू क्यामरामा बोल्न चाहेन्न तर आफुले खेपेका दुख पोखे । प्युठानका बिजुवारका मनोज जिसी भारतमा काम गरेर आएका नेपालीसँग आफ्नै दाजु भाईले पैसा माग्दा सारै मन दुखेको बताए । उनले भने कृष्णनगरमा रहेको टुर एण्ड ट्राभल्सहरूले सुरक्षित साथ घर सम्म पुर्याइ दिन्छ भने पनि बोर्डरमा पुग्दा पैसा लिने गरेको बताए । । बढी पैसा लिने र बोर्डरमा पुगेपछि आफ्नो आफ्नो सामानहरू चेकजाँच गराउने भन्दै सुरक्षा कर्मी र ट्राभल्सहरू मिलेरै दिनँहु नेपाल फर्किने नेपालीहरूलाई विभिन्न बहानामा पैसा असुल्ने गरेको गुनासो गरे ।

विगतवर्षहरुमा चाडपपर्वमा नेपालीहरु लुटिने , ठगिने गुनासोसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले हेल्प डेक्स तथा भारतीय अधिकारीसँग समन्वय गरि दशै मनाउन फर्किने नेपालीहरूलाई सहज हुने गर्दथ्यो । तर अहिले यसबारे प्रशासनले चासो देखाएको छैन ।

नेपाल प्रहरीले सिमानाकामा नगरिक सहायता कक्ष नराखेको र सशस्त्र प्रहरी बल कृष्णनगरले राखे पनि नागरिकलाई आवागमनमा असहज नै भएको छ । वर्षभरी दुख गरेर आएका नेपाली नागरिकहरू सिमानाकामा सास्ती पाएका छन् भने सीमामा खट्ने प्रहरीलाई मस्ती भएको छ । चेकजाँचको नाममा कृष्णनगरमा अहिले ७ ठाँउमा चेक गराउनु पदर्छ । साभार शिवराज आनलाइन डटकम l

spot_imgspot_img
spot_img

लोकप्रिय