आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने

पछिल्लाे समाचार

चैत ०३,जनकपुरधाम – युएईविरुद्धको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएईविरुद्धको खेलमा आरिफले ५२ रन र झाले ५० रन बनाएका थिए।

मधेस प्रदेशबाट राष्ट्रिय टिममा खेलिरहेका दुवै जनालाई मधेस सरकारले जनही २ लाख रुपैयाँ दिने मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।शेख पर्साका हुन् भने झा सर्लाही जिल्लाका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय