इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सको पहिलो जित

पछिल्लाे समाचार

२९ चैत,सिमरा – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।अरुण जेट्ली रंगशालामा गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो। लिगमा दिल्लीको यो लगातार चौथो हार हो। दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । तिलक वर्माले ४१, इशान किसनले ३१, क्यामेरोन ग्रीनले १७ र टिम डेविडले १३ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९ दमलव ४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो।तेस्रो खेलमा पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ लिगको आठौं स्थानमा रहेको छ भने चार खेलमा अंकबिहिन दिल्ली पुछारमा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय