पञ्जाबमाथि ५ पटकको विजेता मुम्बईको सहज जित

पछिल्लाे समाचार

२१ बैशाख,काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटको सहज जित निकालेको हो ।

जितका लागि २१५ रनको चुनौती पाएको मुम्बईले मात्र चार विकेट गुमाएर १८.५ ओभरमै २१६ रन बनाउँदै पूरा गर्यो । इशान्त शर्मा र सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई सहज जित निकाल्न सफल भयो । इशान्तले ४१ बलमा ७५ र सूर्यकुमारले ३१ बलमा ६६ रन बनाए ।

त्यसअघि पञ्जावले तीन विकेटमा २१४ बनाएको थियो । लियान लिभिङस्टोनले ४२ बलमा ८२ रन बनाएपछि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।मुम्बई ९ खेलबाट ५ जितसहित १० अंकका साथ लिगको छैटौँ स्थानमा छ ।समान नतिजा ल्याएको पञ्जाब रनरेटमा पछि पर्दै सातौँमा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय