लखनउलाई हराउँदै गुजरात प्लेअफमा

पछिल्लाे समाचार

२५ बैशाख सिमरा: इन्डियन प्रिमियर लिग (आइपिएल)मा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। उत्कृष्ट प्रदर्शनसँगै गुजरात प्लेअफमा स्थान बनाउने पहिलो टिमसमेत बनेको छ।

आइतबार भएको खेलमा गुजरातले लखनउ सुपरजायन्ट्सलाई ५६ रनले पराजित गर्दै शीर्ष चारमा आफ्नो यात्रा पक्का गरेको हो। जारी लिगमा गुजरातको यो ८ औँ जित हो। भने समग्रमा लखनउमाथि गुजरातको चौंथो जित हो।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो। उसका लागि ओपनरहरु ऋद्दिमान साह र शुभमन गिलले पहिलो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए।

साहले ४३ बलमा १० चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाउँदा गिलले ५१ बलमा २ चौका र ७ छक्काको सहयोगमा ९४ रनको नटआउट इनिङ खेले। त्यस्तै, कप्तान हार्दीक पाण्ड्याले २५ रन बनाउँदा डेभिड मिलर २१ रनमा नटआउट रहे।

जवाफमा राम्रो सुरुवात गरेको लखनउको पछिल्लो क्रम गतिलो स्कोर बनाउन असफल हुँदा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सकेको थियो।

उसका लागि ओपनरहरु क्याली मयर्स र क्विन्टन डी ककले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। मयर्सले ३२ बलमा ४८ रन बनाउँदा डी ककले ४१ बलमा ७० रन बनाएका थिए। यी दुई बाहेक अन्यको प्रदर्शन भने गतिलो रहेन। जारी लिगमा लखनउको यो पाँचौं हार हो।

spot_imgspot_img
spot_img

लोकप्रिय