कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना हुदाँ ३१ जना घाईते

पछिल्लाे समाचार

०१ जेठ ,चितवन – पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटनामा परेको छ। कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस अनियन्त्रित भई गए राती दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय