गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स १० औँ पटक फाइनलमा

पछिल्लाे समाचार

१० जेठ,काठमाडौँ: इन्डियन प्रिमियर लिग(आइपिएल)मा साविक च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले १० औँ पटक फाइनलमा स्थान बनाएको छ।आफ्नो घरेलु मैदानमा भएको क्वालिफायर-१ को भिडन्तमा डिफेन्डिङ च्याम्पियनमाथि १५ रनको जित निकाल्न सफल भयो।

महेन्द्र सिंह धोनकी चेन्नईले उपाधि भिड्नत नरेन्द्र मोदी स्टेडियममा खेल्ने छ। यो खेलमा हारका बाबजुत गुजरात टाइटन्सले फाइनल प्रवेशको अर्को मौका प्राप्त गर्नेछ। गुजरातले अब बुधबार हुने एलिमिनेटर चरणको खेलमा मुम्बई र लखनउ बिचको बिजेतासँग क्वालिफायर-२ खेल्ने छ। जसको बिजेताले उपाधिका लागि चेन्नईसँग प्रतिस्पर्धा गर्ने छ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। उसका लागि ऋतुराज गाइकवार्डले ६० रन बनाउँदा डेभन कनवेले ४० रन बनाए। त्यस्तै अजिंक्य रहाने र अम्बाति रायडुले समान १७-१७ रन बनाउँदा रविन्द्र जडेजाले २२ रन बनाएका थिए।१७३ रनको लक्ष्य लिएर मैदान उत्रिएको गुजरातका लागि शुभमन गिलले ४२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रसिद खानले ३० तथा दसुन सनाकाले १७ र विजय शंकरले १४ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय