गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

पछिल्लाे समाचार

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

गुजरातलाई फाइनलमा पुर्‍याउन ब्याटिङतर्फ शुभमन गिलले ६० बलमा १ सय २९ रनको सानदार शतकीय इनिङ खेल्दा बलिङ तर्फ मोहित शर्माले १० रन दिएर ५ विकेट लिएका थिए।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति मुम्बई इन्डियन्सले टस जितेर गुजरातलाई ब्याटिङको निम्ता दिएको थियो। गुजरातले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो। जवाफमा मुम्बई १८.२ ओभरमा १ सय ७१ रनमा समेटिएको थियो।

गुजरातले अब २८ मेमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई विरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।शुभमन गिलले जारी सिजन सानदार प्रदर्शन जारी राखेका छन्। शुक्रबार गिलले ५ पटकको च्याम्पियन मुम्बईविरुद्ध १२९ रन बनाउँदै आइपिएलमा चौंथो खेलमा तेस्रो शतक प्रहार गरे। उनी आइपिएलमा यो उपलब्धी हासिल गर्ने पहिलो खेलाडी समेत बने।

मुम्मबईविरुद्ध शतक सँगै उनले १६ खेलमा ८ सय ५१ रन बनाउँदै ओरेन्ज क्यापसमेत आफ्नो नाममा पार्न सफल भए। गुजरातका लागि थप दोहोरो स्कोरका रुपमा साइ सुदर्शन ४३ तथा कप्तान हार्दीक पाण्ड्या २८ रनमा अविजित रहे। त्यस्तै ओपनर ऋद्दिमान साहले १८ रन बनाएका थिए।

जवाफमा मुम्बईले पावर प्लेमा राम्रो सुरुवात गरे पनि पूरै २० ओभर खेल्न असफल भएको थियो।मुम्बईका लागि सुर्यकुमार यादवले ६१ रनको इनिङ खेल्दा तिलक वर्माले १४ बलमा ४३ रनको विष्फोटक इनिङ खेले। त्यस्तै, क्यामरुन ग्रिनका नाममा ३० रन रह्यो। तर पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा मुम्बई १० बल बाँकी हुँदै अलआउट भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय